यतिवेला जिल्लाका सहकारीहरुको सधारणसभाको लहर चलेको छ । हरेक सहकारी संस्थाले बर्षमा एकपटक प्रजातान्त्रिक प्रक्रिया अनुसार आफ्नो साधारणसभा गरेर संस्थाले एक बर्षभरि गर्ने आर्थिक क्रियाकलाप शेयर सदस्यहरुको भेला मार्फत अनुमोदन गराउनु पर्ने हुन्छ । सहकारी ऐनमा ब्यवस्था भए अनुसार एक बर्षभरि भए गरेका क्रियाकलापको स्वीकृति र आगामी दिनमा गर्ने योजनाहरुको अनुमोदन भएपस्चात मात्रै संस्थाहरुले आर्थिक क्रियाकलापहरु सञ्चालन गर्न पाउने ब्यवस्था छ । बाध्यकारी रहेको बार्षिक साधारणसभा सानो कारोवार गर्नेदेखी करोडौंको कारोवार गर्ने सम्मका सहकारीहरुले गरिरहेका छन् । कामको चाप कम हुने र शेयर सदस्यहरुको उपस्थिती बाक्लो हुने भएकाले बर्षतको समयमा भन्दा हिउँदको समयमा यस्था संस्थाहरुले साधारणसभाको आयोजना गर्ने गरेका छन् । पछिल्लो समय जिल्लाको अवस्थालाई हेर्ने होभने एक गाउँ एक सहकारीको अवधारणलाई परिपालना गर्दै प्रायःजसो गाउँहरुमा सहकारी संस्थाहरुको स्थापना भएका छन्भने जिल्लाको सदरमुकामका प्रायःजसो घरमा सहकारीका जानकारी बोर्डहरु देख्न सकिन्छ । यसको अर्थ के होभने हाम्रो समुदायलाई यतिबेला सहकारी संस्थाहरुले नेतृत्व गरिरहेका छन् ।
सहकारी संस्थाहरुले आर्थिक कारोवार सञ्चालन गरिरहेका छन् र त्योबाट आमसर्बसाधारण लाभान्वित भएका छन् । तर हामीले सोचेको जस्तो परिणाममुखी भने अझैपनि सहकारी संस्थाहरु भैसकेका छैनन् । छरिएर रहेका साना पुँजीलाई एकै ठाउँ बनाएर लगानी गर्दै उत्पादनमुलक क्षेत्रमा लगाएको नारा लगाउने प्राय सहकारी संस्थाहरुले बार्षिक करोडौंको कारोवार गरेका आर्थिक प्रतिवेदन सार्वजनिक गर्छन् । त्यो कारोवारबाट सहकारीले लक्षित गरेको समुदाय भएको न्युन आर्थिक अवस्था भएकाहरु हुन तर त्यसको बिपरित नियमित आर्थिक कारोवार गर्ने उद्योग ब्यापार र व्यवसायमा लागेकाहरुले मात्रै सहकारीको सदुपयोग गरेको पाईएको छ । नयुन आर्थिक अवस्था भएकाहरुलाई साना उद्यम तथा साना आर्थिक क्रियाकलापका लागि सहकारीहरुले लगानी गर्न नसक्नु र लगानीको लागि अनिवार्य धितोको ब्यबस्था सहकारीले गर्दा गरीव, न्युन आय भएका र साना आर्थिक क्रियाकलाप सञ्चालन गर्नेहरुले सहकारीले दिने सुबिधा उपभोग गर्नबाट बञ्चित छन् । शेयर सदस्य बन्नका लागि खाना खाजाको खर्च कटाएर सानो रकमको जोहो गरेका ति व्यक्तीहरु आज सहकारीले सहयोग गरेर अझ भनौ सहकारीको मर्मअनुसार सहकारी लगानी गरेर उद्यमको बिकासमा होईन्, आर्थिक कृयाकलाप सञ्चालन गर्दै समृद्धितर्फ होईन एउटा साधारणसभामा संस्थाका नीति तथा कार्यक्रम पारित गर्न सभासदको भुमिका मात्रै निभाईरहेका छन् । संस्थालाई जति नै समाबेशी बनाउने नारा लगाईएको भएपनि संस्थाको नेतृत्वमा उच्च आर्थिक अवस्था भएकाहरुकै बोलबोलैया छ ।
यस कारण न्युन आर्थिक अवस्था भएकाहरुको भुमिका मात्र मतदाताको रुपमा बिद्यमान छ । दुःख र कष्टले कमाएको सानो रकम सहकारीमा सहभागिताको लागि लगानी गरेका न्यन आर्थिक अवस्था भएकाको त्यो सानो रकमको आम्दानीबाट लाखौं खर्च गरेर साधारणसभा, लाखौं खर्च गरेर बैठक र गोष्ठी तथा सहकारी भ्रमण भैरहेका छन् तर नारामा भनिएको जस्तो तल्लो तहको उपस्थिती यि र यस्ता कार्यक्रमहरुमा कम छ । सहकारी साना पुँजीको ब्यवस्थापन र सानो लगानीबाट आर्थिक समृद्धिको ढोका खोल्नका लागि हुन । हुने खानेहरुको बोलवालाका लागी बैंक तथा अन्य बित्तिय संस्था छन् । लक्षित समुदायलाई सहकारीको उपयोग गर्ने वातावरण राज्यले सिर्जना गरोस ।
Previous Articleआवश्यकता जवाफदेही नेतृत्व
Next Article २०७४ पुस १६ गते आईतबारको राशिफल