बागलुङ उद्योग बाणिज्य संघको आयोजना शुक्रबारदेखी बागलुङ बजारमा प्रदेश नं. ४ स्तरिय बागलुङ महोत्सव सुरु भएको छ । महोत्सवको गैह्रआवासिय नेपाली महासंघका अध्यक्ष भवन भट्टले उद्घाटन गरे । महोत्सव उद्घाटन भए पस्चात धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गडमा भएका महोत्सवसँग सरोकार राख्ने केही ब्यक्ति र सर्वसाधारणसँग हाम्रा सहकर्मी तारानाथ आचार्यले लिएको प्रतिक्रिया संक्षेपमा ।
राजेशचन्द्र राजभणडरी
(प्रेस सल्लाहकार मुल आयोजक समिती)
पहिलो कुरा त यसअघिका महोत्सव भन्दा यो महोत्सव पौषमा नै हुन लागेको छ । यो महोत्सव पौषमा हुँदा आम सर्बसाधारणलाई सहभागिताका लागि सहज हुन्छ किनभने कामको सिजन पर्दैन् । चैत्राष्टमी मेलाको अवसरमा आयोजाना हुने महोत्सव यसपटक पौषमा आयोजना भएको छ । त्यो पनि अंग्रेजी नयाँ बर्षको अवसर पारेर आयोजना भएको छ । महोत्सव आयोजना हुनु राम्रो कुरा हो स्थानिय उत्पादनको प्रर्दशन गर्नको लागि यो महत्वपुर्ण अवसर पनि हो । अझ हाम्रो लागि खुसीको कुरा के छभने यो महोत्सवमा बिक्री हुने टिकटबाट प्रतिटिकट पत्रकार महासंघलाई तीन रुपैयाँ दिने सहमती भएको छ । यो महोत्सवलाई हामीले उत्सवको रुपमा लिएर पत्रकार महासंघको भवनको लागि इट्टा थप्ने काम पनि गर्दैछौं भनेर सम्झन जरुरी देखेको छु । पैसा धेरै दियो वा थोरै भन्ने कुरा ठुलो कुरा हैन हाम्रो अभियानमा सहभागिता जनाएको छ भनेर बुझौं । हामीलाई सहयोग गरेका छन् यसमा खुसी मानौ भन्न चाहन्छु । यो महोत्सवले आम बागलुङबासीलाई उत्साहित बनाउन जरुरी देखेको छु । महोत्सवमा केही कमजोरी होलान । त्यसलाई सच्चाएर लैजान हामीले सहयोग गर्नु जरुरी छ । समग्रमा यो महोत्सव सफलताको मार्गमा छ भन्ने लाग्छ ।
तारा छन्त्याल
(बिद्यार्थी धौलागिरी बहुमुखी क्याम्पस)
महोत्सव आयोजना भयो उद्घाटन पनि भयो खुशी लागेको छ । यहाँ प्रबेश गर्नका लागि टिकट लाग्छ भित्र आउँदा र फर्केपछि त्यो टिकटको काम सकिन्छ । एक पटकमा यति धेरै ठुलो रकमको टिकट किन्न बिद्याथीहरुलाई गाह्रो छ । यहाँ टिकटको समस्या हुने मैले देखेको छु । यहाँ राखीएका ऐतिहाँसिक फोटोहरुको प्रदर्शनी हाम्रा लागि महत्वपुर्ण हो । हामीले यहाँबाट धेरै सिक्न सक्छौं तर टिकटले समस्या पर्ने देखियो । आज उद्घाटनको दिन टिकट लाग्ने थिएन यहाँ आएर हामीले झाँकी देख्न पाईयो । हाम्रो ठाउँमा भएका झाँकीहरु कस्ता हुने रहेछन् भनेर जानकारी भयो खुसी लाग्यो । क्याम्पस बिदा भएको बेला महोत्सव आयोजना गरेकाले पढाईलाई कुनै असर भएको छैन् ।
अर्जुन चोखाल
होटल ब्यबसायी
महोत्सवको उद्घाटन भएको छ । यसमा हामी व्यवसायी र आयोजकहरु खुसी हुने कुरा हो । गैह्रआवासिय नेपाली महासंघका अध्यक्षले यसको उद्घाटन गर्नु भएको छ । यो सुखद पक्ष हो किन भने अव बिदेशमा रहेका नेपालीहरुलाई यहाँ लगानी गर्न प्रेरणा मिल्ने छ । उत्पादन मुलक क्षेत्रमा लगानी भित्राउन सके हामीलाई पनि फाईदा हुने कुरा हो । ब्यापार ब्यवसायको प्रचार–प्रसार र बृद्धि बिकासका लागि यस्ता कुराहरुले दिर्घकालीन असर पारेका हुन्छन् । अर्को कुरा यहाँको ब्यबस्थापनको हो । ब्यबस्थापनमा कुनै कमी कमजोरी भए जस्तो मलाई लाग्दैन । अदृस्य कमीकमजोरी होलान त्यसलाई सुधारेर लैजान आवस्यक छ भन्ने लाग्छ । अहिले सम्म भएका कामहरु हेर्दा कुनैपनि काम अपुर्ण छन् जस्तो लागेको छैन् । सबै काम राम्रोका लागि भएका छन् । महोत्सव सबैको सझा हो । यसलाई साझा बनाएर लैजान हामी सबै लागेका छौं र लागौं । महोत्सव हेर्नको लागी म सबैलाई आग्रह समेत गर्दछु ।
धनबादुर परियार
(ब्यबसायी तथा अध्यक्ष खेलकुद बिकास समीती बागलुङ)
महोत्सवको आयोजना हुनु जिल्लाको लागि आँफैमा खुसीको कुरा हो । यहाँको ब्यबस्था हेर्दा भर्खरै कुनै टिप्पणी गर्नु पर्छ जस्तो लागेको छैन् । यहाँ राखीएका स्टलहरु आयोजकले भनेको जस्तो स्थानिय उत्पादनलाई स्थान दिनुभएको छ या छैन भन्ने कुरा हेर्न बाँकी छ । किनकी हामीले स्टलहरुको अध्ययन गरेका छैनौं । महोत्सव आयोजना गर्दा ध्यान दिनुपर्ने कुरा भनेको यहाँका व्यवसायीलाई के फाईदा हुन्छ भन्ने हो । महोत्सवमा राखिएका स्टलहरु स्थानिय केही उत्पादनका बाहेक बाहिरबाट आयातित व्यवसायीका स्टलहरु छन भन्ने सुनेको छु । यसले हाम्रो व्यवसायको बृद्धि गर्नुको सट्टा थप गिरावट ल्याउँछ कि भन्ने चिन्ता हो । अर्को कुरा स्थानिय तहको निर्वाचन पश्चात जिल्ला सदरमुकाम बागलुङ बजारको ब्यापारको अवस्था नाजुक बन्दै गएको छ । यसलाई बढाउनमा उद्योग बाणिज्य संघले ध्यान दिनु पर्ने हो जस्तो लागेको छ । हामीले आज कार्यक्रमका प्रमुख अतिथिको भाषण सुन्यौं । उहाँले भने जस्तै कुनै एक उत्पादनमा आत्मनिर्भर भएर यहाँको पहिचान बनाउँदै त्यो उत्पादनको निर्यातमा हामी लाग्न जरुरी छ जस्तो लाग्छ । अब हाम्रो महोत्सवमा म.म., पिजा र बर्गर होईन कोदोको सेल बिक्री हुन जरुरी छ । स्थानिय हाते कागजको प्रब्र्रद्धन हुन जरुरी छ । त्योतर्फ आयोजकले ध्यान दिन जरुरी छ ।
नरेश कँडेल
द्धितिया उपाध्यक्ष उद्योग बाणिज्य संघ
महोत्सवको उद्घाटन अत्यन्त सकरात्मक रुपमा भएको छ । हामीलाई लाग्छ महोत्सवको उद्घाटन सँगै हामी ९० प्रतिशत सफल भैसकेका छौं । बागलुङ बासी र छिमेकी जिल्लाको समेत सहयोगमा यो काम हामीले गर्न सक्यौं र अझै ९ दिन हामीले उहाँहरुकै सहयोगमा महोत्सवका बिबिध गतिबिधिहरु सञ्चालन गर्ने छौं । यो महोत्सवको एनआरएनको सहयोगमा अन्तराष्ट्रिय करण समेत हुने भयो । किनभने यसको उद्घाटन नै एनआरएनका अध्यक्षले गर्नु भएको छ । हामी यो महोत्सवमा सबैलाई आउन आग्रह गर्दछौं । किन भने यहाँका उत्पादन कला संकृतिको प्रदर्शन यहाँ हुँदैछ । यो सुर्वण अवसर हो । महोत्सवलाई कमजोरी मुक्त बनाउन हामीले हरमजदुर प्रयास गरेका छौं । लुकेका केही कमजोरी भएका भए कसैले भन्लान अथवा गुनासो गर्लान् । तर अहिलेसम्म कसैको गुनासो आएको छैन् । आमन्त्रणका हिसाबले हामीले प्रदेश नं ४ का सबै क्षेत्र र प्रदेश नं ५ मा समेत निमन्त्रण पठाएका छौं । दर्शकहरु आउनुहुन्छ भन्ने हो प्रचार–प्रचारमा यहाँका सञ्चारमाध्यामले गरेको सहयोग देखेर आयोजक निकै खुसी छौं । महोत्सव उपलव्धी मुलक हुनेमा कुनै शंका छैन् । हामी ब्यबस्थापनमा चुस्त रहयौं भने हम्रो कमजोरी केही हुने छैन् महोत्सव सफल हुन्छ ।
दयाराम पौडेल
महासचिव (उद्योग बाणिज्य संघ बागलुङ)
हामीले महोत्सवको सुरुवात गरिसकेका छौं । केही कामहरु गर्दा मान्छे बिभिन्न खालका टिप्पणीहरु हुन्छन् त्यो हामीले यो महोत्सव गर्दा पनि पाएका छौं । यो कुनै पार्टि वा संगठनले गरेको कार्यक्रम हैन । यो त सामाजिक संस्थाले गरेको कार्यक्रम हो भनेर बुझम । सामाजिक संस्थाले गरेको कार्यक्रममा सबैले सहयोग गर्न जरुरी छ । हामीले महोत्सव आयोजना गरेर बोलाएका प्रमुख अतिथिको बिषयमानै धेरैले टिप्पणी गरेका छन् । यहिँका सांसद थिए मन्त्रि ल्याएको भए हुन्थ्यो भन्नेहरुको गुवनासो पनि म कहाँ आयो । खासमा हामीले गैह्रआवासीय नेपालि संघको नेतृत्व ल्याउँदा उहाँहरुले यहाँ कुनै क्षेत्रमा लगानी गर्नुभयो भने त्यसले बागलुङलाई फाईदा हुने देखेर यसो गरीएको थियो । सोही अनुसार औपचारीक घोषण नगरेपनि अनौपचारीक रुपमा उहाँले हाम्रो माझमा योजना तयार गरेर आउनुहोस हामी सहयोग गछौं भन्नु भएको छ । यति ठुलो कार्यक्रम आयोजना भएको छ । यसमा कमि कमजोरी त पक्कै भएका छन् । केही गुनासाहरु पनि आएका छन् । कतै निम्ता पुगेर वा पु¥याईएन कतै मर्यादाक्रममा तलमाथि भयो भन्ने कुराहरु आएका छन् । यि र यस्ता बिषयहरुलाई हामीले सुधारेर लाने प्रयास गरेका छौं । अर्को कुरा महोत्सवमा थोरै चुनौतीको बिषय भनेको सुरक्षा हो त्यसको सामना गर्न हामी तयारीअवस्थामानै छौं । प्रहरी प्रसासन सबैको साथ लिएर । अरु कुरा त महोत्सवको उद्घाटन गर्नु भनेको नै धेरै काम सकेर महोत्सव सफल हुनु हो । यो भैसकेको छ । बाँकि सबै काम पद्धतिमा रहेर चल्छन समस्या हुँने छैन् ।