प्रकाश छन्तयाल
बागलुङ, १५ पुस– जिल्लाको बरेङ गाउँ पालिका –४ सल्यान लाई शुक्रबार पुर्ण खोप युक्त वडा घोषणा गरीएको छ । वडाका सबै बालवालीकालाई आधारभुत खोपको मात्रा पुरा भएकाले पुर्ण खोप युक्त वडा घोषण गरीएको हो । जिल्ला जनस्वास्थ्य बाग्लुङका बरिस्ठ प्रशाषक दिपक प्रसाद तिवारीद्वारा ब्यानर पढेर वडा पुर्ण खोप युक्त वडा भएको घोषण गरेका थिए । कार्यक्रममा बरेङ गाउपलिका वडा न ४ सल्यानका सम्पुर्ण सर्वसाधारण र बिद्यार्थीहरुको बृहत उपस्थिति रहेको थियो । जन्मेदेखी १५ महिना सम्मका सबै बालवालीकाले खोप पाएकाले वडालाई पुर्ण खोपयुक्त वडा घोषण गरीएको प्रसासक तिवारीले बताए । कार्यक्रममा बरेङ गाउँ पालिका अध्यक्ष कृष्णप्रसाद शर्मा, उपाअध्यक्ष दिलकुमारी पुन, बरेङ गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत बैकुण्ठ पौडेल , जिल्ला जनस्वास्थ्य बाग्लुङका पब्लिक हेल्थ नर्स हरिकाशी पालिखे, जिल्ला जनस्वास्थ्य बाग्लुङका नाएब सुब्बा तेजप्रसाद निउरे, बाग्लुङ जनस्वास्थ्य लेखापाल दयाराम शर्मा , बरेङ गाउँ पलिका जनस्वास्थ्य शाखा सँयोजक पदमबहादुर पुन, सुहारा कार्यक्रम बाग्लुङका सँयोजक बिश्वनाथ आचार्य , नेपाल पत्रकार महासङ बाग्लुङ शाखा सदस्य प्रकाश छन्त्याल , बाटाकाचौर स्वास्थ चौकिका अहेब गोबिन्द प्रसाद शर्मा, नेकपा माओबादिका प्रतिनिधि मुकुन्द गौतम, बरेङ गाउँपालिका प्रसासकिय अधिकृत बैकुण्ठ पौडेल लगायतले बोलेका थिए । कार्यक्रम बरेङ गाउँ पालिका वडा न ४ का वडा अध्यक्ष लिल बहादुर खत्रीको अध्यक्षता, शिक्षक दुर्गाप्रसाद शर्माको स्वागत र लिलाराम शर्माको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleएमालेले अध्यादेशलाई थप मुद्दा नबनाउने
Next Article उद्घाटन पछिका प्रतिकृया (बागलुङ महोत्सव बिशेष)