बागलुङ, १४ पुस–गैह्रआवासीय नेपाली महासंघका अध्यक्ष भवन भट्टले पहिचाहन सहितको स्थानिय उतपादनमा जोड दिनुपर्ने बताएका छन् । पाचौं बागलुङ महोत्सवको उद्घाटन दर्गै भट्टले ब्यापार प्रबद्र्धनको लागी उत्पादनमा गुणस्तर र ब्यापार चिन्ह युक्त बनाउनु पर्ने बताए । एक गाउँ एक उत्पादन भने जस्तै कुनै एउटा जिल्लाको पहिचाहनको रुपमा एक उतपादन गरेर निर्यात गर्न सके त्यसवाटा ब्यापार व्यवसायको प्रबद्र्धन हुनेमा उनको जोड थियो । उनले राज्यले स्पष्ट योजना बनाएर जान सके प्रसस्त लगानीको वातावरण बन्न सक्ने भन्दै आँफुहरु त्यसका लागी तयार रहेको सकेत बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले बागलुङ महोत्सव बागलुङमा लगानी भित्र्याउने समय भएको बताएका छन । त्यस्तै बागलुङ कल्याण समाज काठमाडौका अध्यक्ष सुमन शाक्यले बागलुङमा आफुहरुले हरेक क्षेत्रमा सहयोग गर्दै आएको र अझै गर्दै जाने बताएका छन । उनले बागलुङको शिक्षा, स्वास्थ्य लगाएको क्षेत्रमा सहयोग गर्दै आएको र अबका दिनहरुमा पनि गर्दै जाने बताए । सोहि कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले बागलुङको हरेक क्षेत्रको विकास गर्न पहिल्यै पछि नहट्ने बताए । उनले बागलुङको पर्यटकिय, धार्मिक लगाए अन्य महत्वपूर्ण वस्तुहरुको विकास गर्ने बताए । त्यसैगरी बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठले बागलुङमा भएका कृर्षि, पर्यटन, कला, संस्कृतिको संरक्षणमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका उध्यक्ष जयराम भारीले महोत्सवमा उपस्थित भएका सबै लाई स्वागत गरेका थिए ।कार्यक्रममा बिभिन्न झाँकी प्रदर्शनी हो । धौलागिरी बहुमुखी क्याम्पसदेखि समिट चोक, लोकतान्त्रीक चोक, धौलागिरी चोक, लालिगुराँस चोक हुँदै बजार परिक्रममा गरिएको थियो ।