भरत बागलुङे
आममतदाता, समर्थक, शुभेच्छुक, नेता र कार्यकर्ताको विश्वासको गर्तमा खड्ग प्रसाद ओली र पुष्पकमल दाहाल ती डुबुल्की मारिरहेका छन् हामीमा कुनै दुबिधा पाल्नु आवश्यक छैन । स्थानिय चुनाव त्यसमा पनि भरतपुर महानगरपालिकाको निर्वाचनबाट जीवनको कुनै पनिमोड या घुम्तिमा भेट्नै नसकिने गरी टाढिएका यीदुई कुनै तिलस्मी जादुगर जस्ता नेता आम कार्यकता, शुभेच्छु सामाजिक सञ्जाल र सञ्चारमाध्यममा एक अर्कोको दोहन गरिरहँदा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बामपन्थी एकता गरेर जाने घोषणा सभामा प्रकट हुँदा राजनीतिको अन्तराष्ट्रिय बजारसम्म कम्पायमान बन्न पुगेको थियो । तिनको यही खुबीले समकालीन राजनीतिमा तिनको क्षमता, कार्यशैली र कुशलताको उचाई चोमोलुङ हिमाल जस्तै उच्च छ, तिनको यही उचाईले ती राजनीतिको मुख्य नायकको भूमिकामा निर्वाध पुगेका छन् । परम्परावादी ढर्राको माक्र्सवादलाई जोगी मन्त्र बनाएर कम्युनिष्ट आन्दोलन अब अगाडि बढ्न सक्दैन भन्ने तिनको चिन्तन कतिलाई शंसोधनवादी विचार लाग्न सक्छ, क्रान्तिको ह्याङ ओभरमुक्त नभई सकेका माओवादी पार्टीका कति नेता कार्यकर्ता, शुभेच्छुहरु ती अहिले पनि फेरी सामाजिक सञ्जालमा चन्द्र विलाप गरिरहेका देखिन्छन् यतिबेला हामी फेरी समयको पूर्व पिठिकातिर विचरण गरिरहेका छौँ । उही भरतपुरवाला काण्डतिर सामाजिक सञ्जाल र आम सञ्चारका माध्यमहरु कुरुप बनाईरहेका छौँ । सुशासन, स्थिरता, विकास र समाजवादका लागि बामपन्थी, ओली र प्रचण्डको प्रचण्ड समय पीडाले निर्माण गरेको पिरामिडमाथी हामी वान्ता गरिरहेका छौँ । हतारो, निराशा, कुण्ठा र आवेगको थुप्रोबाट समाजवादको सपनालाई खोज्नु र त्यसको निर्माण र स्थायित्वमा लाग्नु पर्ने बेला हामी समाजवादको सपनालाई शास्त्रीय तर्क, शास्त्रीय दृष्टिकोण, शास्त्रीय अहम र आवेगको थुप्रोभित्र समाथिस्थ गर्ने गलत बाटोतिर कुदिरहेका छौँ ।
बामपन्थी एकता केवल सत्तामा चढ्ने र त्यसको मुहुनीदार रस्वादन गर्ने कविला थिएन र त्यो अस्सली कम्युनिष्ट एकता या एउटै कम्युनिष्ट पार्टीको निर्माणको एउटा युगान्तकारी परिघटना थियो भने चतुर ओली र चतुर प्रचण्ड ती दुवैलाई थाह छ की एउटै झण्डा बोकेर राजनीतिको राजमार्गमा कुदे पनि ती विल्कुल भिन्न र विपरित दिशाका पथिक हुन् । हरेक चीजलाई हेर्ने तिनको दृष्टिकोण, पार्टी सञ्चालनको पद्धति र तिनका कार्यदिशा अलग छन, तर ती फेरी पनि यो दुश्साहस गरिरहेका छन् की हामी छिट्टै पार्टी एकीकरण गछौँ बस् । आममतदाता जसले तिनलाई मत दिए ती सबै तिनका शुभचिन्तक हुन तर समर्थक हैनन्, जसले मतदान गरे ती स्थिरता, सुशासन र विकास खोजिरहेका नागरिक हुन सबै एमाले माओवादीका कार्यकर्ता या सदस्य अवश्यै हैनन्, तिनका चाहना, भावना, इच्छा र इरादा ओली र प्रचण्ड दुवैले राम्रोसँग बुझेका छन् की ती एउटै कविला भित्र दुई विपरित चिन्तन या विचार या दर्शन फुल्न सक्दैनन् यसको स्थायित्वको लागि मिल्नुको विकल्प विल्कुल छैन तर हतार हतारमा न मिलन हुन सक्छ न मिलनको वातावरण बन्न सक्छ । भरतपुरवाला काण्डपछि तिनले नेपथ्यमा बसेर जसरी समयको चाहना, इच्छा र आवश्यकतालाई मनन् गर्न सके नजाने ती यतिबेला त्यही इतिहासको पुनरावृत्तिको कर्ममा दत्तचित्त छन् धर्य गरौँ । हामी हतार हतारमा विचार, सिद्धान्त, नीति र दृष्टिकोण सहितको कम्युनिष्ट पार्टी हैन केवल नेताको भीड, समर्थक शुभेच्छुकको भीड, भोटरको भीडसहितको कम्युनिष्ट पार्टी निर्माणको सपना देखिरहेका छौँ जो हाम्रो जीवनको भयानक भुल हुनेछ ।
लामो समय संसदीय राजनीतिको रोटे पिङमा फेरी मारिरहेको एमाले र दशवर्षे जनयुद्धको नेतृत्व गरेर आएको माओवादी केन्द्र आम शुभेच्छु, नेता कार्यकर्ताको चिन्तनको तहबाट न हतारमा मिल्न सक्छन् न ती मिल्नु पर्ने वाध्यताबाट टाढिन सक्छन् । यतिबेला सामाजिक सञ्जालभरी एमालेहरु पार्टीको अध्यक्ष र प्रधानमन्त्री ओली बा नै हुनुपर्ने पाँडे तर्कमा मग्न छन् अर्कोतर्पm प्रचण्ड ती प्रचण्ड समर्थन, आलोचना र विरोधको भूमरीबीच छन्, तिनको सम्मुख शक्तिशाली कम्युनिष्ट पार्टीको अध्यक्ष प्रचण्ड हुनु पर्ने आत्मरतीवालाहरुको रजगज छ, प्रचण्डको व्यक्तिगत निर्णयले माओवादी पार्टीलाई संशोधनवादी एमालेमा विलय गराएको फत्तुर लगाउनेहरुको पनि बोलवाल कम छैन र अझ बेशी क्रान्तिका बाँकी कार्यभार, शहिदको सपना र पार्टीको मुलदर्शन र कार्यदिशालाई छोडेकोले प्रचण्ड नेपाली कम्युनिष्ट आन्दोलनको दोस्रो रायमाझी हो यो आक्रोस चौतर्फि उठिरहेको छ । क्रान्तिको आत्मरतीवालाहरुको आरोप छ मौज्जुदा एमाले र मौज्जुदा माओवादीमा कुनै भिन्नता छैन माओवादीका क्रान्तिकारीहरु वैद्य र विप्लवतिर गए प्रचण्डसँग जे र जो बाँकी छन् ती पद, प्रतिष्ठा र पैसाका भोकाहरु हुन्, विर्सजनवादको शिकार भएको माओवादी केन्द्र उसँग संसदीय ढर्राको वर्तमान राज्य सत्तामा राजनीति गर्ने कुनै नीति र नारा नभएकोले उ जनताको बहुदलीय जनवादको मदन भण्डारीवाला विचारसँग सती जानुको विकल्प छैन, जसलाई प्रचण्डले चलाखीपूर्वक समाहित गराउँदै छन् । सैद्धान्तिक, वैचारिक, राजनैतिक र साङ्गठनिक आलोकमा यी सबै बकवासहरु हुन् नेपाली कम्युनिष्ट आन्दोलनको छ दशक एउटा यस्तो रोगबाट गुज्रिरहेको छ जहाँ आफु र आप्mनो गुट मात्र क्रान्तिकारी अरु सबै संशोधनवादी, गद्दार र विचलनवादीभन्ने आरोप लगाएर गुज्रिरहेको छ । यो विषम स्थितिमा राजनीतिका परम्परागत जामाहरु पहिरेर हैन हामी सिर्जनशीलताको बाटोबाट मात्र शक्तिशाली कम्युनिष्ट निर्माणको दिशामा अगाडि बढ्न सक्छौँ ।
यतिबेला हामीले बुभ्mनु पर्ने कुरो न एमाले दशकौँ पहिले उसले परित्याग गरेको माओ विचार धारा अझ माओवादमा विलय हुन सक्छ न माओवादी केन्द्र एमालेको जनताको बहुदलिय जनवादको कविलामा आत्मासमर्पण गर्न सक्छ यी दुवै वादका बीच ती पार्टी एकीकरण कार्यविधिको अधिनमा रहेर छोड्नु पर्ने र अँगाल्नु पर्ने राजनैतिक, वैचारिक र सैद्धान्तिक नीतिका साथ नयाँ पार्टीमा संश्लेषित भएर एकीकृत हुनेछन् तर लाटेकोशेरालाई भोक लाग्दैमा दिउँसै रात पर्दैन भन्ने नेपाली उखानबाट ती अनभिज्ञ छैनन्, हामीले हतार–हतारमा पार्टी एकीकरणको डम्फु बजाएर चौराहामा यो पवित्र कर्मलाई दुषित पार्नु सट्टा भूईं तहसम्म बहस चलाउनु र एकीकृत कम्युनिष्ट पार्टीको निर्माण, त्यसको आदर्श, राजनैतिक एजेण्डा, वैचारिक दृष्टिकोणको निर्माण र समाजवादको स्थापनामा जोड दिनु बढी लाभदायी देखिन्छ । देख्दा पहेंलै भएपनि पित्तल र सुनको मिसावट जस्तो भद्दा एकीकरण, पद, प्रतिष्ठा र पैसाको एकीकरणले न शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण हुनसक्छ, न समाजवादको सपना पूरा हुन सक्छ, न आममतदाताहरुले खोजेको दिगो शान्ति, स्थायित्व र सुशासन नै हामीले प्राप्त गर्न सक्छौँ । यतिबेला हामी हतार–हतारमा हाम्रा तिनै सपनाको स्थापनार्थ म्याराथुन दौडिरहेका छौँ, इन्टरनेटको दुनियाँमा हावाको घोडा चढेर । सामाजिक सञ्जालको दुनियाँमा फसिरहेको नेपाली समाज त्यसमा सबैभन्दा बढी हाम्रो राजनीतिलाई, सामाजिक सद्भाव र एकतालाई, भातृत्व र ममतालाई विखण्डनको बाटोमा हिँडाउन हामी अभिषप्त बनिरहेका छौँ । चुनावको गर्तमा निर्माण भएको बामएकता एक प्रकारको सत्तामोहको कारक थियो या थिएन हामी कम्युनिष्ट आन्दोलनलाई माया गर्नेहरुले भुल्न नहुने अर्को सत्य हो । मतदाताहरुमा पर्न सक्ने मनोवैज्ञानिक प्रभावबाट लाभ लिन शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणको एजेण्डा जर्वजस्त उठाउनु सम्भवत राजनीतिमा अपराध हुँदैन ।
नेपाली राजनीतिको उपक्रमबाट एमाले र माओवादी ती पनि पृथक बस्न चाहेनन् या आवश्यक सोचेनन् भने एमाले र माओवादी केवल त्यही पापको श्रृङ्खलालाई शीर्पm पछ्याईरहेका मात्र थिए र हामी आममतदाता इमान्दारिताको मफलर ओढेर सति गईरहेका थियौँ, हामी प्रश्न गरिरहेका छौँ, औंलो उठाईरहेका छौँ, अपेक्षा र उत्कण्ठाको तिलस्मी जहाज चढेर समृद्ध राष्ट्रको छातीमा विचरण गर्ने हाम्रा साझा सपनाहरु ती अपराध हैनन् र जसदेखि न ओली अनभिज्ञ छन न प्रचण्ड । अर्कोतिर यतिबेला देशी विदेशी प्रभुत्ववादीहरु, अस्थिरता र अशान्ति चाहने तत्वहरु ती सब शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणको कार्यदिशालाई भत्काउन हजार यत्न गरिरहेका छन् यस्तो विषम परिस्थितिमा जिम्मेवार नेता, जिम्मेवार कार्यकर्ता र जिम्मेवार समर्थकले मात्र ओली र प्रचण्ड तीदुवैलाई जिम्मेवार बन्न र चुनावमा बाँडेका सपनालाई मूर्तरुप दिन बाध्यकारी बनाउन सक्छन् । जिम्मेवारीले मात्र हामी निराशा कुण्ठा र आवेगको राश भित्रबाट समाजवादको सपनालाई अङ्कुराउने वातावरण निर्माण गर्न सक्नेछौँ अन्यथा हामी परम्परावादी ढर्राको राजनीतिको डम्फु बजाएर अरु भन्दा पृथक हुनुको सपना बाँड्ने सर्कसको ढँटुवारे मात्र बन्ने छौँ । चेतना भया !
bhbaglunge@gmail.com