नवराज नेपाली
बागलुङ, १२ पुस–जिल्लाका नवनिर्वाचित सांसदहरुलाई रुद्रेपिपल माध्यामिक बिद्यालयले मंगलबार एक समारोहको आयोजना गर्दै स्वागत गरेको छ । जिल्लाको क्षेत्र नं १ का प्तिनिधिसभा सदस्य डा.सुर्य प्रसाद पाठक र प्रदेशसभा १ का सदस्य सांसद इन्द्रलाल सापकोटालाई बिद्यालयले स्वागत गरेको हो । बिद्यालयको स्वागत कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य सांसद डा. सुर्य प्रसाद पाठकले शिक्षामा ब्यापक सुधारको आवस्यक रहेको भन्दै नीतिगत तहमा आँफुले पहल गर्ने बताए । बिद्यालयको भौतिक संरचना लगायत शिक्षाको गुणस्तरमा समेत नयाँ आयाम आउने गरी आँफुले पहल थाल्ने पाठकको भनाई थियो । प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले बागलुङका बिद्यालयहरुको सुधारका लागि प्रदेश स्तरमा बहस चलाउने बताए ।
जिल्लामा बिद्यालयहरुको समस्या बिषयमा आएका मुद्दाहरुलाई चिरफार गर्दै जाने भन्दै सापकोटाले बिद्यालयको सुधारका लागि आफ्नो तर्फबाट सहयोग रहने बताए । कार्यक्रममा बिद्यालयले जिल्लाको शैक्षिक अवस्था सुधार र बिद्यालयको वर्तमान अवस्थाका बिषयमा सांसदहरुलाई ज्ञापन पत्र बुझाएको थियो । कार्यक्रममा बिद्यालय व्यवस्थापन समिती सदस्य सन्दीप थापा, सल्लाहाकार समितीका संयोजक लालचन्द्र राजभण्डारी लगायतले मन्तव्य राखेका थिए । सांसदहरुलाई बिद्यालयमा स्वागत गर्दै बिद्यालयका प्रधानध्यापक राजेश श्रेष्ठले बिद्यालयको संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष अमृतबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक सोमनाथ शर्माले गरेका थिए ।
Previous Articleग्राभेल तथा नालीयुक्त सडक (अन्तरवार्ता)
Next Article नयाँ प्रविधिबाट नेपाली कागज