काठमाडौं, १२ पुस – पारिश्रमिकको कारणले चर्चामा आइरहने नायिका हुन् चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा । यही विषयले पुन एकपटक उनले बलिउड तताएकी छन् । २०१८ को सुरुवातमा आयोजना हुने जी सिने अवार्डमा उनले एक प्रस्तुती दिन लागेकी छन् । जहाँ उनले प्रस्तुति मात्र ५ मिनेटको हुनेछ ।
५ मिनेटका आफ्नो प्रस्तुतिका लागि उनले ५ करोड भारु (नेपाली ८ करोड)को डिमान्ड गरेको समाचारमा जनाइएको छ । प्रियंका पछिल्लो समय हलिउड चलचित्र ‘स्टेन्ट इट रोमान्टिक’ र ‘ए किड लाइक ज्याक’को सुटिङमा ब्यस्त छिन् ।
Previous Articleटेलिकमको ‘विन्टर अफर’ : डाडामा विशेष बोनस
Next Article हिस्तानको महभिर झरना ओझेलमा