पोखरा, ११ पुस – प्रदेशसभाको निर्वाचन सकिएर समानुपातिक सिटको पनि टुंगो लागेपछि प्रदेश नं.४ को मुख्यमन्त्री को बन्लान भन्नेमा अहिले चर्चा सुरु भएको छ । बामगठवन्धनको स्पष्ट वहुमत रहेको ४ नं. प्रदेशमा नेकपा एमालेका नेताहरु नै मुख्यमन्त्री हुने निश्चित भएपनि कुन नेताले सो अवसर पाउने हुन अहिलेसम्म यसै भन्न सकिने अवस्था छैन ।
नेकपा एमालेभित्र नेता पृथ्वी सुब्बा र किरण गुरुङविच तिव्र प्रतिस्पर्धा रहेको एमाले नेताहरु वताउन थालेका छन । उनीहरु दुवैका दावी वलिया भए पनि तथ्य भने यस्तो रहेको छ । यी तथ्यका आधारमा को वन्ने हुन मुख्य मन्त्री अहिले नै भन्न सकिने अवस्था भने नरहेको एमाले नेताको भनाई छ ।
तथ्य १
नेता किरण गुरुङ भन्दा पृथ्वीसुव्वा गुरुङ करिव १२ बर्षपछि केन्द्रीय तहमा पुगेका हुन् । किरण २०४८ सालमै एमालेको राष्ट्रिय परिषद सदस्य हुँदै २०४९ सालमा भएको चर्चित पाँचौं महाधिवेशनवाट केन्द्रीय कमिटीमा निर्वाचित भएका हुन् । जतिवेला पृथ्वीसुब्वा जिल्ला कमिटीमा काम गरिरहेका थिए । २०४८ साल फागुनमा भएको लमजुङ जिल्ला अधिवेशनबाट पृथ्वीसुब्वा जिल्ला कमिटीमा निर्वाचित भएका थिए । उनि २०६० मा बल्ल नेकपा ९एमाले० केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका हुन् ।
तथ्य २
पञ्चायत विरुद्ध भएको आन्दोलनमा किरणले बिभिन्न जिल्लाको नेतृत्व गरिरहँदा पृथ्वीसुब्वा लमजुङकै एक बिद्यालयमा पढाइरहेका थिए । किरण २०३९ सालमै बाग्लुङ र म्याग्दीको सचिव र २०४० सालमा पर्वतको इन्चार्ज भएर गण्डकी र धौलागिरी अञ्चललाई कार्यक्षेत्र बनाएर काम गर्दा पृथ्वीसुब्वा शिक्षक संगठनमा काम गरिरहेका थिए । उनि २०४० साल मंसीरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला कमिटीमा संगठित भएका थिए ।
तथ्य ३
किरण गुरुङ २०३६ सालको जनमतसंग्रहको वेला बहुदलको पक्षमा लागे । प्रधानपञ्चको छोरा बहुदलको पक्षमा लागेपछी परिवारमा मनमुटाव भयो । त्यसपछि किरण जनताको मुक्तिका लागि परिवारसँग विद्रोह गरेर भुमिगत भए । किरण १७ बर्षको उमेरमा भएभरका पुस्तक र प्रमाणपत्र जलाएर भुमिगत राजनीतिमा लागे । तर पृथ्वीसुब्वाले कहिलै भुमिगत राजनीति गरेनन् । न पढाई छोडे न त परिवारसँग बिद्रोह गरे ।किरणले भएभरका पुस्तक र प्रमाणपत्र जलाएर भुमिगत राजनीति सुरु गर्दा पृथ्वीसुव्वा अमृत साइन्स क्याम्पस, लैनचौर, काठमाण्डौंमा बि.एस्सी पढ्दै थिए ।
तथ्य ४
भूमिगत राजनीतिकसँगै किरणले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुका साथै बहुदल आएपछि २०४८ सालमा तनहुँ क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभामा जितेर सांसद बने । त्यतिवेला पृथ्वीसुब्वा युवा संघको जिल्ला तहमा काम गर्थे । पृथ्वीसुव्वा २०४७ जेठमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको लमजुङ जिल्ला संयोजक भएका थिए ।
तथ्य ५
किरण गुरुङ २०३६ सालमा कास्कीको उपसचिव हुँदै पछि सचिव र नेकपा मालेको पश्चिम–उत्तर क्षेत्रीय कमिटी सदस्य भए । २०३९ सालमा बाग्लुङ र म्याग्दीको सचिव र २०४० सालमा पर्वतको इन्चार्ज, २०४५ सालमा स्याङ्जाको सचिव, २०४६ मा गण्डकी र धौलागिरीको पालैपालो सचिव भए । पृथ्वी सुब्वा गुरुङ भने २०५० फागुन १०–११ को जिल्ला अधिवेशनबाट लमजुङको जिल्ला सचिव बनेका हुन् । उनि २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भएका थिए । जवकी त्यसको एक दशक अघि नै किरणले त्यो जिम्मेवारी निर्वाह गरिसकेका थिए । त्यसअघि मनोनित भएका पृथ्विसुब्बा २०६५ मा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट बल्ल केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका हुन् । जवकी किरण २०४९ सालमै अर्थात १६ वर्षअघि नै केन्द्रिय कमिटी सदस्य निर्वाचित भएका थिए ।
तथ्य ६
पृथ्वीसुव्वा २०७१ मा पार्टीको नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिवमा निर्वाचित भए । महाधिवेशनमा पृथ्वीसुव्वा पार्टी सचिव लड्दा किरण गुरुङ पार्टी उपाध्यक्ष पदका लागि चुनाव लडेका थिए ।