कृष्ण प्रसाद शर्मा
जनताले नेताहरूलाई गालीगलौज मात्र होईन बेला–बेलामा उनीहरूलाई आत्तिंदा साथ दिएका छन्भने मात्तिदाँ उनीहरुलाई साईजमा पनि ल्याएका छन् । चुनावमा काँग्रेलाई, माओबादीलाई र एमालेलाई आँकलन गरेर मत दिए । अहिले फेरी जनताले हरेक नौ महिनामा फेरिने गर्भवती सरकारबाट आजीद भएर अलि फराकिलो मत दिएर पठाए बामगठबन्धनलाई । चुनाव अघि बामगठबन्धनले हामी एउटै पार्टि हुने हो । सुर्य भनेको हसिँया हथौडा र हसिँया हथौडा भनेको सुर्य होभने जस्तै गरेर प्रचार भयो । धेरै ठाउँमा एउटै मालामा केपी र पी के ले टाउको छिराए । धेरैजसोः उत्साही बने मत दिए बिजयी बनाए । मान्छे पार्टि एकिकरण होला भन्ने आशा नभए पनि अबको स्थायित्वका लागी भोट दिए हुन्छ भनेर धेरैले भोट हाले । चुनाव ताका धेरै ठाउँमा बामगठबन्धनका दुबै शीर्षक नेताले सरकारको स्थायित्वको लागी हामीलाई भोट दिनुस् भने जनताले पताए दिए जिते ।
पार्टिको एकिकरणको लागी समिती समेत गठन गरेर चुनावमा पुगेका बामगठबन्धन अहिले पछिल्ला दिनमा फेरी कुराको संकेत फरक गर्दैछन् । माओबादी पार्टि एकिकरण पहिला र एमाले सरकार पहिला भन्दैछन् भन्ने समाचार पनि आए तर खासमा यि दुवै पक्षका केही नेताहरूको भित्र भिन्नै खाले सहमती भएको बुझिन्छ । केही दिन अगाडी बामदेव गौतमले पनि यस्तै मिलीजुलीको संकेत गरेका थिए तर प्रचण्ड स्वंमले आँफुहरू बीच आलोपालोको सहमती भएको भन्ने कुरा बाहिर ल्याए यसले गर्दा जनतामा अहिले निराशा र आक्रोश दुबै देखिन्छ । एमाले माओबादी मात्र नभई अन्य पार्टिका जो स्थायित्व भयो भने देशले विकास र समृद्धि पाउने आशामा रहेकाले समेत पाँच बर्ष अब बन्ने सरकार टिकोस् भन्ने चाहेका छन् तर अब यो आशा निराशमा रुपान्तरित हुने देखिन्छ । कतिपय ठाउँमा उम्मेदवार ठीक नभए पनि पार्टिको लाईन भनेर मत दिएभने कतिपय ठाउँमा पार्टि जे भए पनि उम्मेदवार ठीक छ भनेर मत दिए । त्यो केवल विकासको लागी थियो । प्रचण्डलाई कांग्रेसका शेरबहादुरले पाँच बर्षलाई प्रधानमन्त्री लेखेरै दिन्छु भनेपछि प्रचण्डको बोलीमा फरकपन आएको छलङगै छ । नवलपरासीमा उनले एमालेले फोरमसँग मिलेर सरकार गठन गराउन खोजेको सम्म भन्न भ्याए । अब यही क्रम बढ्दै गयो भने फेरी पुरानै आरोप–प्रत्यारोपमा पुगेर पहिलाकै हाल हुने पक्का छ । भारतले सके सम्म स्थायी सरकार नबनोस् भन्ने चाहन्छ भई हाले पनि काँग्रेस सहितको होस् भन्ने चाहन्छ तर माओबादीका प्रचण्डको अहिलेको स्वभाव भने ठ्याक्कै भारतको चाहना पुरा हुने गरी प्रस्तुत भएका छन् । अहिले फेरी आलोपालो भने पनि एमालेसँग आलोपालो मात्रै नभएर काँग्रेससँग पनि कतै सहमति भएको छ की भन्ने शंका उब्जिएको छ । त्यसैले अब माओबादी जसरी पनि सत्तामा जान आतुर छभने एमाले पनि त्यो दौडमा छ नै तर मतको आकार अनुसार आँफूले ढुक्कै पाउनेमा आशाबादी छ तर अवस्था भने निकै फरक हुँदै गएको छ ।
नौ महिने शासनले हरेक पटक ६० र ६५ मन्त्री बन्ने तिनीहरूलाई आजीवन सेवा सुविधा दिने यो टाट उन्मुख हाम्रो राजनैतिक कुसंस्कारको अन्त्य होला भन्ने लागेको थियो तर फेरी सम्सय पैदा भएको छ । आलोपालो गर्दा पनि केपी ओली र प्रचण्ड नै हुने खालको एउटा सिण्डीकेट नै खडा भएको छ । माओबादी र एमालेका केही गरेर देखाएका नेताहरूको पालो समेत आउने देखिंदैन । सरकार पटक–पटक फेरिरहने हुंदा पनि कर्मचारीहरू मन लागेर काम नगर्ने, गरेका काम पनि पुन अर्कोले भत्काएर शुरु गर्ने । यिनै भत्काएर फेरी शुरु गर्ने अवधीमै पाएको समय सकिने हुँदा कसैको पालामा पनि एउटा परियोजना पुरा हुन पाएका छैनन् । ४० लाख युवा परदेशमा छन् देश भित्र प्रदेश भयो अझै प्रदेशमा भन्दा परदेशमा नै जाने क्रम रोकिएला जस्तो छैन । देशको स्थिति हेर्दा पनि यो महंगो संघियताले गर्दा आर्थिक रुपमा थला पर्ने देखिन्छ त्यसैले पनि फेरी पनि आलोपालो भयो भने केन्द्र देखी प्रदेशसम्म त्यही बाँडीचुँडीको यो संस्कारले देश थला पर्ने छ ।
यहाँ आलोपालोका कुरालाई काँग्रेसले समेत बिरोध गर्न जरुरी छ । काँग्रेसले कम्युनिष्ट मिलेर भन्दा बाँडीचुँडी खाएकोमा बीचमा छिर्न सके आफ्नो पालो आउने देख्ने होभने भोली काँग्रेस रा.प्र.पाको अबस्थामा पुग्ने छ । आजभन्दा बीस बर्ष अघी सत्तामा पुगेका मान्छेहरू एक दर्जन सुरक्षाकर्मिको सुविधा लिएर बसेका छन् अब यो प्रवृत्ति फेरी सबै आलोपालोमा बढ्दै जाने भएकाले थप खाडीमा नेपाली निर्यात गर्ने बाहेक अरू केही हुने छैन । आलोपालोले देशमा नेताले लुट्छन् भन्ने मात्र पीर होईन यो अस्थिरता भित्र वाह्य शक्ति पनि छिरेर झन् सबैको दुरी बढाउँछन् । यो बारे बामगठबन्धन मात्र होईन लोकतान्त्रिकले समेत बुझ्न जरुरी छ । आर्थिक, सामाजिक, राजनैतिक र नैतिक दृष्ट्रिकोणले समेत अहिले बाहिर आएको यो आलोपालो घातक छ । जनतालाई एउटा भनेर भोट माग्ने जिते पछि अर्को कुरा गर्ने यो प्रवृतिले फेरी अर्को चुनावमा बामगठबन्धनको हालत अहिलेको काँग्रेस सरह हुनेछ । यो बेईमानीपुर्ण कदमलाई यही रोकेर पाँच बर्षकालाई सरकार चलाएर घोषणापत्रमा उल्लेख भएका केही कम हावादारी बाचा पुरा गर्नु अनुरोध छ ।