बागलुङ, ९ पूस– बागलुङ नगरपालिकाको पहिलो नगर सभाले गरेको निर्णयअनुसार पहिलोपटक मेयरकप फुटबल हुने भएको छ । आगामी माघ १७ देखि २१ गतेसम्म हुने मेयरकप फुटबल प्रतियोगितामा प्रदेश नम्बर ४ का अधिकांस नगरपालिकाको सहभागिता हुने बताइएको छ । शनिबार बिहान नगरपालिकाले पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । प्रतियोगितामा पोखरा लेखनाथ महानगरपालिका सहितका सबै नगरलाई निमन्त्रणा गरिएको नगर प्रमुख जनक पौडेलले बताए । शहिद दिवशको अवसर पारेर संचालन हुने प्रतियोगितालाई सदरमुकामस्थित बाङ्ेचौर र पर्यटकीय गाउँ भकुण्डेको मैदान प्रयोगमा ल्याईने बताइएको छ ।
खेलकुदका लागि आउने दर्शकलाई पर्यटकको रुपमा भित्राउन सजिलो होस् भनेर भकुण्डेमा पनि कम्तिमा २ वटा खेल राखिन लागिएको उपप्रमुख सुरेन्द्र खड्काले बताए । नगर परिषदले हरेक बर्ष यस्ता कार्यक्रम गर्ने योजना बनाएको समेत उनको भनाई छ । चालु आर्थिक बर्षका लागि नगरसभाले १५ लाख रुपैयाँ बजेट समेत बिनियोजन गरेको थियो ।
यो अभियानमा जिल्ला खेलकुद विकास समितिले पनि सघाउने भएको छ । विशेषगरी व्यवस्थापकीय जिम्मा समितिले लिने भएको हो । प्रदेश भित्रका सबै नगरलाई खवर गरिसकिएकोले प्रतियोगिताले खेल महोत्सवको रुपमा बनाइएने समितिका अध्यक्ष धनबहादुर परियारले बताए । फुटबलमा प्रथम हुनेलाई २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै दोश्रो हुने टिमलाई १ ला ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार राखिएको छ । खेलकुदको बिकाससँगै पर्यटन क्षेत्रका प्रचारप्रसार तथा युवाहरुको क्षमता विकासलाई नगरले प्राथमिकतामा राखेको पौडेलले दाबी गरेका छन् ।
कला र संस्कृति जस्ता बिषयमा पनि प¥र्याप्त बजेट बिनियोजन गरेको उनले बताए । त्यस बाहेक समितिले आयोजना गर्ने राष्ट्रपति कप खेलकुद प्रतियोगितामा पनि नगरपालिकाले सहयोग गर्ने उनले बताए । समितिले राष्ट्रपति कप भने फागुनमा आयोजना गर्नेछ । पत्रकार सम्मेलनमा पत्रकारहरुले बाङ्ेचउरमा शौचालयको अभाव भएको, खानेपानी नभएपछि खेलाडी र दर्शकले समस्या भोगेको लगायतका जिज्ञाशा राखेका थिए । पौडेलले भने उक्त प्रतियोगिता आयोजना गर्ने समयसम्म त्यहाँस्थित शौचालय व्यवस्थित बनाइने, पानीको व्यवस्था गर्ने र सरसफाइका लागि कर्मचारी खटाउने बताए । उक्त समयपछि नियमित रुपमा कर्मचारीले सरसफाईको काम गर्ने र अन्य क्रियाकलापमा पनि सहजीकरण हुने दाबी गरेका छन् । नगरपालिका प्रमुख जनक पौडेलको अध्यक्षता, प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीको संचालनमा सम्पन्न कार्यक्रममा उपप्रमुख सुरेन्द्र खड्काले धन्यवाद ज्ञापन गरे ।
Previous Articleयसरी अगाडी बढ्दैछ ताराखोला गाउँपालिका
Next Article ९ पुस २०७४, ढोरपाटन दैनिक