बागलुङ, ९ पूस– खड्कदेवी मावि बडिगाड गाउँपालिका–१ तुन्डाँडाको ५७ औं वार्षिकोत्सव शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार भएको कार्यक्रममा अन्तरसदनात्मक प्रावि रिलेदौड प्रतियोगता सम्पन्न भएको छ । जस अन्तर्गत छात्रतर्फ धर्म सदन प्रथम, दशरथ द्धितिय, शुक्र सदन तृतिय भएका छन् । त्यस्तै छात्रातर्फ धर्म, गंगा, र शुक्र क्रमसः प्रथम द्धितिय र तृतिय भएका छन् । त्यस्ते,ै प्रावि हाजिरीजवाफ प्रतियोगितामा शुक्र दशरथ र धर्म क्रमसः प्रथम द्धितिय र तृतिय भएका छन् । १ हजार मिटर दौडमाविमा छात्रतर्फ धर्म, गंगा, र शुक्र क्रमसः प्रथम द्धितिय र तृतिय भएका छन् । ५ सय मिटर दौड मावि छात्रतर्फ शुक्र, गंगा धर्म क्रमसः प्रथम द्धितिय र तृतिय भएका छन् ।