बागलुङ, ९ पूस– गलकोटमा रहेको जनजागृति मावि काँडेबासको स्तरोन्नतीका लागि देश विदेशबाट झण्डै ६० लाख रुपैयाँ सहयोग संकलन भएको छ । आगामी माघमा हुन लागेको हिरक महोत्सव सफल पार्न र विद्यालयको थप उन्नती र प्रगतीका निम्ति स्वदेश तथा विदेशमा रहेका स्थानीयबाट ६० लाख आर्थिक सहयोग संकलन भएको विद्यालयका प्रधानध्यापक तेजेन्द्र बुढाथोकीले जानकारी दिए । वि.सं २०१४ सालमा स्थापना भएको विद्यालयले ६० वर्ष प्रवेश गरेको अवसरमा आगामी माघ १० गतेदेखि १४ गतेसम्म हिरक महोत्सव मनाउने तयारी गरिरहेको छ ।
हिरक जयन्ती नजिकिदै गर्दा विद्यालयमा बसेको बृहत भेलाले हिरक जयन्तीको लागि स्थानीय स्तरमा आर्थिक संकलन अभियानलाई तिव्रताका साथ सुरु गरेको छ । विद्यालयले गलकोट नगरपालिका–८ काँडेबास, वडा नं ९ मल्म र वडा नं ११ रिघा तथा गुल्मीको मुसिकोट नगरपालिका वडा नं ८ र ९ को सेवा क्षेत्र भित्र आर्थिक संकलन अभियानलाई तिव्रता दिने जनाइएको छ । हिरक जयन्तीलाई मध्यनजर गदै विद्यालयले आर्थिक, उप–समिति, कार्यक्रम समन्वय समिति, साँस्कृतिक, जनसम्पर्क तथा प्रचारप्रसार, स्मारिका प्रकाशन उप–समिति गठन गरिएको विद्यालयका प्रअ बुढाथोकीले जानकारी दिए । विश्वका विभिन्न मुलुकमा रहेका विद्यालयका पूर्वविद्यार्थीहरु रोजगारीको शिलशिलामा कार्यरत रहेका छन् ।
अहिले जापान, युरोप, अमेरिका, अष्ट्रेलिया र अरबका देशहरुमा आर्थिक संकलन जारी रहेको आर्थिक उप–समितिले जनाएको छ ।
Previous Articleनेपाल अण्डामा आत्मनिर्भर बन्यो
Next Article खड्कदेवी माविको वार्षिकोत्सव शुरु