थम्मन थापा सन्देश
गलकोट, बागलुङ, ८ पुस – बागलुङको गलकोटमा रहेको जनजागृति माध्यामिक विद्यालय काॅडेबासको स्तरोन्नतीका लागि देश विदेशबाट झण्डै ६० लाख रुपैयाँ सहयोग संकलन भएको छ । आगामी माघमा हुन लागेको हिरक महोत्सव सफल पार्न र विद्यालयको थप उन्नति र प्रगतिका निम्ति स्वदेश तथा विदेशमा रहेका स्थानीयहरुबाट ६० लाख आर्थिक सहयोग संकलन भएको विद्यालयका प्रधानध्यापक तेजेन्द्र बुढाथोकीले जानकारी दिए ।

वि.सं २०१४ सालमा स्थापना भएको विद्यालयले ६० वर्ष प्रवेश गरेको अवसरमा आगामी माघ १० गतेदेखि १४ गतेसम्म हिरक महोत्सव मनाउने तयारी गरिरहेको छ । हिरक जयन्ती नजिकिदै गर्दा विद्यालयमा बसेको बृहत भेलाले हिरक जयन्तीको लागि स्थानीय स्तरमा आर्थिक संकलन अभियानलाई तिव्रताका साथ सुरु गरेको छ ।
विद्यालयले गलकोट नगरपालिका वडा नं. ८ काॅडेबास, वडा नं ९ मल्म र वडा नं ११ रिघा तथा गुल्मीको मुसिकोट नगरपालिका वडा नं ८ र ९ को सेवा क्षेत्र भित्र आर्थिक संकलन अभियानलाई तिव्रता दिने जनाइएको छ । हिरक जयन्तीलाई मध्यनजर गदै विद्यालयले आर्थिक, उपसमिति,कार्यक्रम समन्वय समिति,साँस्कृतिक उपसमिति, जनसम्पर्क तथा प्रचार प्रसार समिति, स्मारिका प्रकाशन उपसमिति लगायत समिति गठन गरिएको विद्यालयका प्रधानध्यापक तेजेन्द्र बुढाथोकीले जानकारी दिए ।
विश्वका विभिन्न मुलुकहरुमा रहेका विद्यालयका पूर्व विद्यार्थीहरु रोजगारीको शिलशिलामा कार्यरत रहेका छन । अहिले जापान, युरोप, अमेरिका, अष्ट्रेलिया र अरबका देशहरुमा आर्थिक संकलन जारी रहेको आर्थिक उपसमिति संयोजक नारायण सापकोटाले जानकारी दिए । विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षक स्टाफ, शिक्षक अभिभावक संघ, आर्थिक उपसमिति लगायतबाट ८ लाख ५० हजार भन्दा बढि आर्थिक सहयोग जुटेको विद्यालयले जानकारी दिएको छ ।
हालसम्म स्वदेश तथा विदेशमा गरि विद्यालयको लागि झण्डै ६० लाख आर्थिक संकलन भईसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदिलाल सापकोटाले जानकारी दिए । गत भदौ २० गते विद्यालय व्यवस्थापन समितिको बैठकले आगामी माघमा विद्यालयको हिरक महोत्सव मनाउने निर्णय गरेको थियो । विद्यालयले माघ १० देखि १४ गते सम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित हिरक जयन्ती मनाउन लागेको छ।