बागलुङ, ७ पूस –जिल्लाको निसीखोलमा बेबारीसे नवजात शिशुको शव फेला परेको छ । निसीखोला गाउँपालिका १ हर्पे भन्ने ठाउँमा करिब साडे दुई महिनाको शिशुको सव फेला परेको हो । हर्पे गाउँको केही तल प्लास्टिकको झोलामा सेनेटरी प्याडसँगै रहेको अबस्थामा शिशुको शव भेटीएको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक कृष्ण रानाले जानकारी दिए । बिहिबार साँझ निसीखोला गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष इन्द्र मल्लले बाटोछेउमा वच्चा भेटेपछी प्रहरीलाई खबर गरेका थिए । अवैध सम्बन्धबाट गर्भ रहेपछी वच्चा फालेको हुन सक्ने प्रहरीको अनुमान छ । वच्चा कसले फाल्यो भन्ने विषयमा अस्पतालमा बच्चाको सव चेक जाँच पछि थप अनुसन्धान गरीने प्रहरी निरिक्षक रानाले बताए ।