बागलुङ, ७ पूस– नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रतिनिधि सभा बागलुङ क्षेत्र नं २ का नवनिर्वाचित सांसद देबेन्द्र पौडेलले जनताले दिएको मतादेश राजनैतिक स्थायित्व लागि भएको बताएका छन् । विगतमा सरकार फेरिएको फेरियै, मन्त्री फेरिएको फेरियै गर्ने गलत परम्पराका कारण सरकारको स्थिरता नहुँदा मुलुकले विकासमा गति लिन नसकेको उनले बताए ।
बागलुङको गलकोट नगरपालिका–११ रिघा र वडा नं ८ काँडेबासमा आयोजित विजयी सभा तथा बधाई कार्यक्रममा बोल्दै पौडेलले भने– ‘नेपालमा धेरै राजनैतिक पार्टी भएकै कारण थोरै पार्टी निर्माण गरि देशको विकास र समृद्विको निमित्त बाम गठबन्धन निर्माणसंगै पार्टी एकता हुन्छ ।’ उनले अब बन्ने बामपन्थीको सरकारले ज्येष्ठ नागरिकहरुको सम्मान गर्दै वृद्व भत्ता मासिक ५ हजार बनाउन क्याबिनेटको पहिलो बैठकमा पहल हुने समेत बताए । पौडेलले वर्तमान सरकारले यो या त्यो बहानामा बखेडा नझिकी जनमतको कदर गर्दै नयाँ सरकार गठनको लागि मार्ग प्रसस्त गर्न समेत अपिल गरे ।
उनले जनता सामु चुनावको बेला गरेका प्रतिवद्वताहरु प्रक्रियागत रुपमा क्रमशः अगाडि बढाउदै विकास र समृद्विमा लाग्ने समेत जोड दिएका छन । त्यस्तै, बागलुङ क्षेत्र नं २ प्रदेश (क) बाट नवनिर्वाचित सांसद चन्द्र बुढा सागरले देशमा सिमित श्रोत साधन असिमित ईच्छा आकांक्षा र आवश्यकताहरु रहेको भन्दै क्रमशः अगाडि बढाउने बताए ।
आफु यस क्षेत्रका जनताको आवश्यकतालाई नजिकबाट नियालेको भन्दै विकास र समृद्विमा स्थानिय स्तरबाटै हातेमालो गर्ने बताए । मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भई बाम गठबन्धनबाट विजयी बनेका पौडेल र बुढा मतदातालाई धन्यवाद दिन र भेटघाटको निमित्त त्यहाकक पुगेका थिए । विजयी सभा तथा बधाई कार्यक्रममा बाम गठबन्धनका स्थानिय नेता कार्यकर्ता, शुभेच्छुक र स्थानियको उपस्थिति रहेको थियो । विजयी सभा शुभारम्भ हुनु पुर्व बाजागाजासहितको ¥यालीले काँडेबास बजार र रिघाका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।
Previous Articleभाँडा माझेर उपचार खर्च जोहो गर्दै दलित परिवार
Next Article लाहुरे मोह त्यागेर बाख्रा चराउँदै युवा