सुनसरी, ७ पुस – क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराले टिलापिया जातको पाथी माछालाई भालेमा परिणत गर्ने सफल अनुसन्धान गरेको छ । वर्षमा छदेखि सातपटकसम्म बच्चा उत्पादन गर्दा पोथीको वृद्धि विकास कम हुने समस्याको निदान गर्न केन्द्रले यो जातको पोथी माछालाई भाले बनाउने अनुसन्धान शुरु गरेको थियो ।
सन् १९८५ मा थाइल्यान्डबाट बीउ आयात गरिएको टिलापिया जातको माछाको पोथीलाई भाले बनाउने अनुसन्धान सफल भएको मत्स्य वैज्ञानिक उमिता साहले बताइन् । यो जातको माछाले वर्षमा छदेखि सातपटकसम्म बच्चा काड्छ। उनले भनिन्, ‘अनुसन्धान ९५देखि ९९ प्रतिशतसम्म पोथीलाई भाले बनाउन सफल भयो।
Previous Articleग्यास दुघर्टनाबाट बच्न अपनाउनै पर्ने ९ सावधानी
Next Article प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा २० अर्ब खर्च