बागलुङ, ६ पुस – प्रसिद्ध बागलुङ कालिका मन्दिरको वन क्षेत्रमा बिहीबार दिउँसो आगलागी भएको छ। बागलुङ नगरपालिकामा पर्ने कालिका भगवती गुठीको जंगलमा आगलागी भएको हो।
मन्दिरबाट उत्तरतिर रहेको गोविन्द स्मृतिद्वारभन्दा तल भिरमा लागेको आगोले त्यहाँका बोटविरुवा जलेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिए। नेपाल प्रहरीको टोली र स्थानीयवासीले दमकलको प्रयोग गरेर आगो तत्काल नियन्त्रणमा लिएका थिए।
सामान्य ठुटाहरुमा धुँवा उडिरहेको बाहेक वनमा लागेको आगो निभेको बागलुङका प्रहरी प्रमुख एसपी दिपक रेग्मीले जानकारी दिए। ‘तुरुन्तै आगो निभाइयो,’ रेग्मीले भने, ‘तत्कालै डढेलो नियन्त्रणउनले आगो बाटोतिरबाट लागेको देखिएकाले कसैले फालेको चुरोटको ठुटाबाट सल्किएर फैलिएको हुनसक्ने जानकारी दिए। डढेलोले एक रोपनी भन्दा बढीको वनक्षेत्र जल्दा बोटविरुवा तथा काठपात नष्ट गरेको छ।
उनले आगो बाटोतिरबाट लागेको देखिएकाले कसैले फालेको चुरोटको ठुटाबाट सल्किएर फैलिएको हुनसक्ने जानकारी दिए। डढेलोले एक रोपनी भन्दा बढीको वनक्षेत्र जल्दा बोटविरुवा तथा काठपात नष्ट गरेको छ।
बागलुङ कालिका मन्दिरको जंगलमा लागेको आगो नियन्त्रणमा
Previous Articleओलीलाई भारत, मोदीलाई नेपाल भ्रमणको निम्तो
Next Article ग्यास दुघर्टनाबाट बच्न अपनाउनै पर्ने ९ सावधानी