बागलुङ, ६ पूस– जिल्लाको काठेखोलामा गाउँपालिकामा बिहिबार यात्रुवाहक जिप दुर्घटना भएको छ । दुर्घटनामा परि जिपमा सवार दुई जना घाईते भएका छन् । ताराखोलादेखि बागलुङ बजारसम्म आउँदै गरेको ध १ ज ६५० नम्बरको पिकअप जिप काठेखोला गाउँपालिका–६ विहुँमा दुर्घटना भएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा ताराखेला– ५ का ३० वर्षिय लाल बहादुर विक र ताराखोला–४ का ६० वर्षिय मोतिलाल घर्ति सामान्य घाईते भएको दोबिल्ला प्रहरी चौकी अक्षेतेले जनाएको छ । उनिहरुलाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ ल्याईदै गरेको दोविल्ला प्रहरी चौकी अक्षेतेका ईन्चार्ज महेश रायमाझीले जानकारी दिए । जिपमा चालक सहित ६ जना सवार थिए । जिप काठेखोला–६ को विहुँ सुल्डाँडाको घुम्टीबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
Previous Articleमाटोको ढिस्कोले पुर्दा दुई जनाको मृत्यु एक गमिभर घाईते
Next Article फेसबुक मार्फत महासंघको अपिल