नवराज पौडेल
बागलुङ, ६ पूस– जिल्लाको सर्कुवामा बुधबार माटोको ढिस्कोले पुरीएर दुई महिलाको मृत्यु भएकाो छ । घर पोत्ने माटो लिन नजिकैको जंगलमा गएका जैमिनी ४ सर्कुवाका हरिकाला सुनार र पुर्णा नेपालिको ढिस्कोले पुरीएलगत्तै उपचारको लागी अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । ६ जनाको समुहमा माटो लिन गएका उनिहरुलाई माथि बाट आएको माटोको ढिसकोले पुरेको स्थानिय दलबहादुर सुनारले जानकारी दिए ।
घटना भए लगत्तै घटना स्थलमा पुगेका स्थानियहरुले उनिहरुको उपचारका लागी अस्पताल लैजाँदै गर्दा उनिहरुको बाटोमानै मृत्यु भएको सुनारले बताए । उनिहरु सँगै ढिसकोले पुरेकी तारादेवी सुनुवारको भने चरक अस्पतालमा उपचार भैरहेको जानकारी प्राप्त भएको छ । गम्भीर घाईले सुनारलाई बुधबार बेलुकानै चरक अस्पताल पु¥याईएको प्रहरीले जनाएको छ । अन्य तिन जना भने समान्य घाईते रहेको प्रहरी चौकी कुश्मीशेराले जानकारी दिएको छ ।
घटना भए लगत्तै कुश्मिसेरा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक देवराज वानियाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगि स्थानियको सहयोगमा उद्दार गरिएको थियो । मृतक दुबै जनाको श्रीमान रोजगारका लागि भारतमा रहेको प्रहरीले जनाएको छ । मृतक हरिकला सुनारका ३ छोरी र १ छोरा छ्न भने पुर्ना नेपालीका २ वर्षिय बालक रहेको स्थानिय वेलि आचार्यले जानकारी दिईन् । मृतकको शवलाई बुधबार बेलुका नै कुश्मिसेरा स्वास्थ्य चौकी ल्याइएको थियो । बिहिबार बिहान प्रहरीद्वारा घटनाको मुजुल्का उठाएपछि पोष्टमार्टमका लागि धौलागिरी अंचल अस्पताल बाग्लुङ पठाइएको कुश्मिसेरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक देवराज वानियाले जानकारी दिए ।