भरत बागलुङे
चिनियाँ राष्ट्रपती सी जिङ् पिङले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनमा पेश गरेको राजनैतिक प्रतिवेदनले दुनियाँ हल्लियो, संसारभरका क्रान्तिकारी कम्युनिष्टहरुबाट संशोधनवादीका बिल्ला भिराइएका सीले नीजि सम्पतिको सम्बन्धमा कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुमा हुनुपर्ने अनुशासन र चेतनाको सम्बन्धमा राखेको लिखित प्रतिवेदन नेपालको राज्य सत्ताको सम्मुख रहेका नेपालका कम्युनिष्टहरुले पनि स्मरण गर्नु अपरिहार्य छ । मंसीर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा बाम गठनबन्धन निर्माण गरी चुनावमा होमिएका नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रले जुन सफलता चुनावबाट प्राप्त गरेका छन् त्यो आशातित् परिणाम हो कुनै तिलस्मी जादुगरी या अकल्पनीय नतिजा हैन सायद यही कारण हुनुपर्छ बामपन्थीलाई मतदान गर्ने मतदाताहरु निर्वाचनको परिणामबाट ती उद्धेलित, उग्र र अनुशासनबाट च्यूत नभई धीर गम्भीर, भद्र र शालिन शैलीमा विजय जुलुसमा सहभागी बनिरहेका देखिन्थे । बामपन्थीहरुको यो भद्रता निर्वाचनको जितबाट उग्र बन्दै आएका काँग्रेसी कार्यकर्ताहरुको लागि एउटा सिक्नु पर्ने पाठ पनि हो । लोकतन्त्रबादी कागजमा लेखेर, भाषण गरेर, चिच्याएर हैन व्यवहारबाट प्रमाणित गरेर बन्न सकिन्छ यो सत्यलाई यसपटकको चुनावमा बामपन्थीहरुले प्रमाणित गरेर बामपन्थीले चुनाव जिते रुन पनि पाइन्न, बोल्न पनि पाइन्न भनिरहेका काँग्रेसीहरुलाई चुनौती खडा गरिदिएका छन् । सत्ता मोहको चक्रमा फनफनी घुमिरहेको काँग्रेससँग चुनावमा टक्कर लिनु चुनौतीको ठूलो पहाड भत्काउनु सरह हो, सत्ता मोहको त्यही चक्रको फेरी मारिरहेको काँग्रेसलाई पत्तो थिएन की उसले गरिरहेका सबै वैध अवैध पाप र कुकर्महरुको कारण उ चुनौतीको भीमकाय पहाड मुन्तिर किचिदै किचिदै मृत्युन्मुख बनिरहेको छ ।
काँग्रेसलाई यो पनि पत्तो थिएनकी राजनीति सम्भावनाहरुको खोजी हो, यही सम्भावनाको विशाल महासमरमा संघर्षरत बामपन्थीहरुसँग चुनावमा प्रतिस्पर्धा गरिरहेको काँग्रेसले नागरिकका मनभित्र पसेर कहिल्यै बुभ्mन नखोजेको, नचाहेको सत्यले उसलाई सत्ता राजनीतिको केन्द्रबाट बाहिर निस्कन बाध्य बनाएको छ । काँग्रेसको बर्हिगमनले बामपन्थीहरुको भीडन्त अब काँग्रेससँग हैन कम्युनिष्टसँग हुनेछ । चिनियाँ राष्ट्रपतीको राजनैतिक प्रतिवेदनले औँल्याएको कम्युनिष्ट पार्टीको नेता, कार्यकर्ता या समर्थक की चुनावी मोर्चाको बामपन्थी हुने, बामपन्थी नेतृत्वको सरकारको आयु त्यसैमा भर पर्नेछ । अबको लडाइँ बामपन्थी भर्सेज कम्युनिष्टको हुनेछ । विज्ञानको आलोकमा हिँड्न र रमाउन नचाहने काँग्रेसले कहिल्यै स्वीकार नगर्ने अपराधहरुको खातबाट कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थकहरु ती अनभिज्ञ छैनन् । केवल चुनाव जित्नको लागि, केवल सत्ता प्राप्तिको लागि र केवल पाँच वर्षको लागि अधिक सांसद जित्नको लागि मात्र बामपन्थी गठबन्धन थिएन । मुलुकले शताब्दियौंदेखि देखिरहेको समुन्नत र समृद्ध राष्ट्र, सुखी र खुशी नागरिक बनाउन र पटक पटकका संघर्ष, युद्ध र आन्दोलनहरुको पीडाबाट मुक्त हँुदै मुलुकको समृद्धिको लागि जीवनको आहुती दिने शहिद, अङ्गभङ्ग भएर अधमरो जीवन व्यतित गरिरहेका घाइते नागरिक आदि आदिका सपनाको सम्मानको लागि स्थायी सरकार निर्माणको लागि बामपन्थी गठबन्धन बनाइएको थियो, इतिहासको कठघरामा उभिएर निश्वार्थ भावले जवाफ दिनु जरुरी छ । सत्ता मोहको घटिया क्रम र उपक्रमहरुबाट मुक्तभएर बामपन्थी हैन कम्युनिष्ट बनेर प्रमाणित गर्नु जरुरी छ । काँग्रेस पतनको कारक काँग्रेसीहरुले कहिल्यै खोज्ने चेष्टा गर्ने छैनन् । ती आवेग, कुण्ठा, लोभ, मोह र तृष्णाको राजनीतिलाई जीवनको आदर्श ठानिरहेका छन् ।
काँग्रेससँग राजनैतिक दस्तावेज, दर्शन र नागरिकप्रतिको उत्तरदायित्व शुन्य छ । ती केवल कम्युनिष्ट विरोधीहरुको विशाल झुण्डमा रुपान्तरित भएर विकासे राजनीति, जागिरे राजनीति, बाहुबल, सुरा र सुन्दरीको राजनीति गरिरहेका देखिन्छन् । तिनको मानसपटलमा शीर्पm सत्ता छ, नीजि सम्पति, सुख सयल, घर घडेरी, कार, पद, प्रतिष्ठा र पैसा छ । ती चुनावलाई उत्सव हैन विकृति विसंगतिमय बनाईरहेको छन् । नागरिक भित्र अंकुराइरहेको सम्भावनाहरुको सम्मान गर्न नसक्दा, सत्ताको चरम दुरुपयोग गरिरहँदा ती राजनैतिक जीवनको खाडलमा खस्न पुगेको सत्यलाई बामपन्थीहरुले स्मरण गर्नु जरुरी छ । विकासे बजेटमा भूईँतहदेखि लुट मच्चाईरहेका काँग्रेसका जिम्वाल मुखियाहरुले निर्माण गरी पेश गरेका प्रतिवेदनहरु काँग्रेसलाई पतन बनाउने कारक हुन् । नीति, थीति र नैतिकताको ख्याल नगर्नु र सत्तालाई जीवनको अन्तिम शक्तिको रुपमा बुभ्mने कमजोरीले काँग्रेस दिन प्रतिदिन धरासायी बनिरहेको छ । गाउँगाउँमा चुनावको मुखमा झुटको खेती रोप्ने, बेरोजगार युवाहरुलाई तिनको विवशताको फाइदा उठाएर कुलतको बाटोमा लगाउने, गरिब, निमुखा, दलित, महिला र सीमान्तकृतहरुलाई दाशकालीन रवैया देखाएर तिनको अस्मिता र स्वाभीमानलाई क्रयविक्रयको माल बनाउने गल्तीले काँग्रेसलाई क्रमशः धरासायी बनाईरहेको छ । लोकतन्त्रको दमाहा बजाएर देशको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा निरन्तर अवाञ्छित शैलीमा गरिरहेको हस्तक्षेपले काँग्रेसलाई आम मतदाताहरुले अस्वीकार गरिदिएका छन् । विकासमा राजनीति, कर्मचारी सरुवा बढुवामा राजनीति, गाउँगाउँमा रहेका संघसंस्था, विद्यालयहरुमा गरिरहेको हस्तक्षेपकारी राजनीतिले काँग्रेसलाई आममतदाताहरुले सजाय दिएका छन् । यो सत्यलाई देखिरहेका बामपन्थीहरुले केवल बामपन्थी बनेर हैन कम्युनिष्ट बनेर सचेत रुपमा आप्mनो काँधमा जनताले थमाईदिएको जिम्मेवारीलाई पुरा गर्नु जरुरी छ । सत्ता प्राप्तिको चरम लिप्साबाट ग्रसित काँग्रेस जत्तिकै बामपन्थीहरु पनि देखिन्छन् । तिनका भाषण र घोषणा पत्रले प्रमाणित गरेका सत्य हुन् ती सपना बेचिरहेका छन् भोटसँग । सम्भावनाहरुको खोजीमा निस्केका आममतदाताहरुले ती सपना आप्mनो अमुल्य भोटसँग विनिमय गरेर चुनौती थपिदिएका छन् बामपन्थीहरुलाई । आममतदाताहरुको सपनाको बारे ती कति जिम्मेवारी बन्न सक्छन् त्यसले तिनको आयु निर्धारण गर्नेछ ।
निर्वाचन विल्कुल प्राविधिक विषय हो, लोकतन्त्रको आलोकमा निर्वाचन जित्नु या हार्नुले आकाशै खस्दैन, यतिबेला अँध्यारा गुम्वजहरुमा एकत्रित भएर आँसु बनिरहेका काँग्रेसजनहरु र खुल्लाचौराहामा उभिएर पुलकित बनिरहेका बामपन्थीहरु ती दुवैले बुभ्mनु जरुरी कुरो इतिहासको समीक्षा हो । २०४६ सालपछि निरन्तर सत्तामा बसिरहेको काँग्रेस र पटक–पटक सत्ताको चास्नीमा डुबिरहेका बामपन्थीहरु ती दुवैलाई सत्ताको अस्सली स्वाद थाह छ । खासमा ती दुबै कम बेसी कमी कमजोरी गरेर सत्तामा फेरी मारिरहेका शक्ति हुन् तर बदलिँदो परिस्थिति, जनचाहना, मुलुकको आवश्यकता र संविधानले निर्दिष्ट गरेको सीमाले राजनैतिक दलहरु ती फेरिनु जरुरी थियो । राजनैतिक दल रुपान्तरित र एकत्रित हुनुको बाध्यत्मक जरुरताले इतिहासको पुर्नपठन गरी अगाडि बढ्ने जिम्मेवारी यसपाली बामपन्थीहरुको हातमा परेको छ ।
विगतमा काँग्रेसले वी.पी. र गणेशमानलाई विर्सियो । काँग्रेसको गर्तमा निर्माण भएको इतिहासलाई लत्याएर जब काँग्रेसीजनहरु क्षण भङ्गुर मोहमा फसे तिनले सत्ताको आडमा मुलुकले थेग्न नसक्ने गरी राजनैतिक नियुक्ति पड्काए आफु बन्ने काम गरे, ठेक्कापट्टाको टेण्डरमा गुण्डाराज स्थापित गरे र मुलुकका संरचना निर्माणलाई कमाइ खाने थलो बनाए, शिक्षक कर्मचारीको सरुवा बढुवा, प्रहरी प्रशासनमाथी हस्तक्षेप गरी प्रहरी प्रशासनलाई दुनियाँकै कमजोर प्रहरीको रुपमा रुपान्तरण गरिदिए, गृह मन्त्रालयबाट अनधिकृत ठूलो धनराशी दशैं खर्च र राजनैतिक पीडितको नाममा बाँडेर होस या सरकारी गाडीको दुरुपयोग गरेर होस्, देशको सार्वभौमिकता र अखण्डतालाई मजाकको विषय बनाउनु र भारतीय विस्तारवादको स्वार्थ अनुकुल सन्धि सम्झौता र नीति नियम बनाउनेदेखि स्वकीय सचिव, प्रमुख सल्लाहकारको नियुक्ति र विकासे बजेटको चरम दुरुपयोग, भ्रष्टाचार, ढिलासुस्ती, सरकारी कलकारखाना उद्योगधन्दा र सरकारी संस्थानहरुको नीजिकरण गरेर कमिशनलाई स्थापित गर्नु आदि इत्यादिमा डुबिरहेको काँग्रेस जब निर्वाचनबाट पराजित भयो सायद अहिले झँल्यास्स भएको हुनुपर्छ ती इतिहासको आत्म समीक्षा गरुन नरुन तर यतिबेला सत्ताको सम्मुख उभिएका बामपन्थीहरुले ती कुकर्महरुबाट पाठ सिक्नु जरुरी छ । निर्वाचन विजयको उत्सवमा पुलकित तमाम नेता, कार्यकर्ता र समर्थकहरु तिनले बामपन्थी भएर हैन कम्युनिष्ट भएर सोच्नु जरुरी छ की इतिहासले तिनको हातमा सम्भवत जीवनकै पहिलो र अन्तिम यति ठूलो मौका दिएको छ । यी सबै परम्परावादी सोच, चिन्तन र पापहरुबाट मुक्त हुन सक्यौं भने हाम्रो सामु सबै सुखद कुराहरु मात्र शेष रहनेछन्, साँच्चि यो पाँच वर्ष सबै बामपन्थीहरुको लागि अग्नि परीक्षा हो कम्युनिष्ट बन्ने । बामपन्थी चरम सत्ता मोहले निर्माण भएको कविला हो कम्युनिष्ट चेतना, नैतिकता र विचारले लैस विज्ञान हो । रोजाई बामपन्थीको की हामी बामपन्थी रहने या कम्युनिष्ट बन्ने ? चेतनाभया !