बागलुङ, ७ पूस– पाँचौं बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । बागलुङ उद्योगा बाणिज्य संघको आयोजनामा पौषको १४ गतेदेखी सुरु हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मुल आयोजक समितीले जनाएको छ । महोत्सवको लागी आवस्यक रामाईलो मेला, स्टल निर्माण, प्राचार प्रसार लगायतका काम अन्तिम चरणमा पुगेको बागलुङ उद्योग बाणिज्यसंघका महासचिव दयाराम पौडेलले जानकारी दिए । पौडेलका अनुसार सचिवालयले गर्ने कामहरु समेत अन्तिम चरणमा पुगेका छन् ।
आगामि पौष ११ गते सम्ममा पुर्ण तयारी हुने गरी काम भैरहेको पौडेलले जानकारी दिए । महोत्सवको पुर्व सन्ध्यामा बागलुङ बजार लगायत महोतसव स्थलको सरसफाईको लागी पनि तयारी भैरहेको पौडेलको भनाई छ । ‘महोत्सवको लागी आउने पाहुनाहरुलाई सफा बागलुङमा हामी स्वागत गर्न चाहन्छौं ।’ पौडेलले ढोरपाटन सँग भने ‘पौषको १४ गते सुरुहुने महोत्सव अघि बागलुङ बजारलाई सिंगार्ने योजना छ ।’ महोत्सवको ब्यवस्थापनका लागी संघले उपसमिती समेत बनाएको छ ।
अतिथी स्वागतदेखी मञ्चको ब्यवस्थापन सम्मको लागी उपसमितीहरु निर्माण गरिएको पौडेलले बताए । महोत्सवको मिति नजिकंदै गएपनि उद्घाटन कस्ले गर्ने भन्ने बिषयमा भने टुंगो लाग्न सकेको छैन् । सुरुमा राष्ट्रपति बिद्यादेबी भण्डारीबाट महोत्सवको उद्घाटन गराउने भनिए पनि भण्डारी कार्यब्यस्तताका कारण बागलुङ आउन नसक्ने भए पछि प्रमुख अतिथिको टुंगो लाग्न नसकेको हो ।