बागलुङ, ५ पूस– निसीखोला गाउँपालिका–५ को मसलगाउँदेखि कारीगाउँ हुँदै झिम्पा जोड्ने ग्रामिण सडकको निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अन्तरगतको वडा नम्बर ५ को कार्यालयले छुट्टाएको ७ लाख रुपैयाँ बजेटमा सडक निर्माण गर्न सुरु गरिएको सडक निर्माण समितिका सचिव हेम सापकोेटाले जानकारी दिए । ग्रामिण क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तुहरुको बजरिकरण गर्न र ग्रामिण क्षेत्रमा सडकको पहुँच पु¥याउने उद्देश्यले सडक निर्माण गर्न लागेको सचिव सापकोटाले बताए ।
सडक आफ्नै गाउँ–गाउँमा पुग्न थालेपछि स्थानीयबासिन्दा हर्षित भएका छन् । यो सडक निर्माण भैसकेपछि निसीखोला गाउँपालिका–५ का मसलगाउँ, कारीगाउँ र ४ को झिम्पाका कृषकहरुलाई बजारसँग जोडिन धेरै सहज हुने, आफुहरुले उत्पादन गरेका कृषि जन्यवस्तुहरु जहजै बजारमा पु¥याउन सकिने, उत्पादित सामानले सहि बजार पाउने र निसीमा उत्पादन गरेको सामान सहजै मसलगाउँ, कारीगाउँ, झिम्पाहुँदै झिवाखोलासम्म छिटो पु¥याउन सकिने एक स्थानीय कृषक धर्मराज पोखरेलले बताए ।
सडकको निर्माण भएपछि झिम्पा र कारीगाउँका जनतालाई निसी पुग्न, मसलगाउँदेखि झिम्पा पढ्न आउने विद्याथीहरु सहजरुपमा आउन, गाउँगगाउँमा सुविधायुक्त घर भवन निर्माण गर्दा गिटि बालुवा ल्याउन र निसीका जनातालाई झिम्पा आउन जान छिटो र सहज हुने र निसी, मसलगाउँ, कारीगाउँ र झिम्पाका स्थानीयहरुको सम्बन्ध निजिकिदै जाने स्थानीय शिक्षक रिम प्रसाद पौडेलले बताए ।
Previous Article२०७४ पुस ५ गते बुधबारको राशिफल
Next Article मापदण्ड विपरित कालोपत्रे गरेपछि…