बागलुङ जिल्लाका सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारहरुले नतिजा आफ्नो पोल्टामा पारेपछि जनताको चाहना अनुसार निर्वाचनमा गरेका बाचा पुरा गर्छन् या गर्दैनन् भन्ने चर्चा चल्न थालेको छ । चुनाव जितेपछि बधाई थाप्न भ्याईनभ्याई भैरहेका बेला हाम्रा सहकर्मी तारानाथ आचार्यले प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलसँग गरेको छोटो कुराकानी । कुराकानीमा आचार्यले ५ प्रश्न राखेका छन् ।
निर्वाचन परिमाण आफ्नो पोल्टामा पार्नुभो कस्तो अनुभव भैरहेको छ ?
–सबैभन्दा पहिला म मतदातालाई धन्यवाद दिन चाहन्छु । उहाँहरुले मलाई गह्रौं भारी बोकाएर पठाउनु भएको छ । देशमा बिभिन्न चरणमा राजनीतिक परिवर्तनका लागि विभिन्न खालका संघर्ष भए र सफल पनि भए । अहिले युग नयाँ दिशामा प्रबेश गरेको छ । त्यहीँ दिशामा लाग्नको लागि राजनीति र पार्टिभन्दा माथि उठेर युग सुहाउँदो विकास गर्नका लागि जनताले मलाई भोट दिएका छन् । यसमा म निकै खुशी र जिम्मेबारी बढेको महसुस भएको छ ।निर्वाचित भएपछि जनताले महसुस गर्ने के काम गर्ने योजना छ ?
–अहिलेको आवस्यकता भनेको द्रुत विकास नै हो । मैले पहिलो काम त मेरो निर्वाचन क्षेत्रमा धेरै दुरी रहेको मध्यपहाडी लोकमार्गको कामलाई छिटोछरितो सम्पन्न गर्न पहल गर्ने सोच बनाएको छु । जसले बागलुङको पश्चिम क्षेत्रको मुहार फेर्न मद्दत गर्छ । यो बाटोको ट्रयाक खोल्ने मात्रै हैन ग्राभेल र पक्की बनाउने सम्मको कामलाई पहिलो प्राथमिकतामा राखेको छु । दोस्रो भनेको उत्तरगंगा जलाशययुक्त आयोजनाको निर्माण गरी बिद्युत उत्पादन गर्ने योजना छ । यसलाई पनि मैले प्राथमिकतामा राखेर काम अगाडि बढाउने छु । तस्रो भनेको बुर्तिबाङ र गल्कोट क्षेत्रमा सहरी विकासको काम हो । यो क्षेत्रलाई देशका नमुना सहरको रुपमा विकास गर्न योजना बनाएर अगाडि बढ्ने सोच छ ।जनताले हजुरलाई नै किन भोट दिए जस्तो लाग्छ ।
निर्वाचनमा सोचेभन्दा त फरक नतिजा आयो भन्छन् नि ?
–मैले पार्टिमा लामो समय काम गरें । पहिलेदेखी नै मैले बागलुङमा आएर चुनाव लड्ने योजना नबनाएको हैन । पार्टिमा धेरैपटक मैले चुनावको लागि बागलुङमा लड्न दिनुस् भनेर मागेको थिएँ तर पाईन । अहिले पार्टिले मलाई यहाँ पठायो । यो मेरो जन्मभुमी हो । बिपक्षीहरुले लगाएको एउटा क्षेत्रको मान्छे अर्को क्षेत्रमा गएर लड्यो, यसले केही गर्दैन भन्दै लगाएको आरोप खेर गयो । किनकि मलाई जन्मभुमीले माया ग¥यो । म बागलुङमा जन्मेहुर्के र राजनीति बागलुङबाट सुरु गरे । माटोको छोरो कर्म जहाँ गरेपनि घर फर्किन्छ भनेर मतदाताले मलाई सहयोग गर्नुभयो । बागलुङको विकास र समृद्धिका लागि उहाँहरुले मलाई भोट दिएको जस्तो लाग्छ ।
चुनाव जितिसकेपछि जनतालाई फर्केर हेर्दैनन् भन्ने व्यापक गुनासो छ नि ?
–पहिला के भए भन्नेसँग नजाउँ अब । के गर्ने भन्ने कुरा महत्वपुर्ण हो । तपाईहरु ढुक्क हुनुहोस् अब त्यस्तो हुँदैन् । म चुनाव लडेको क्षेत्रमा अब म जसरी पनि महिनामा एकपटक मात्रै भएपनि पुगेर जनगुनासोको सम्बोधन गर्ने अभियान बनाउँदै छु । अन्य दललाई कसरी मिलाएर लैजानु हुन्छ ? –चुनावसँगै लडेका गठबन्धनका साथीहरुसँग भावनात्मक सम्बन्ध छ । यसले गर्दा हरेक काममा सहजता आउने कुरामा शंका छैन् । हामीले जनताको मत लिएर आएका छौं । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसलाई पनि सहयात्री बनाउन समन्वय गरेर जान्छौं । अब विकास गर्ने समय आयो यसका लागि कोही पक्ष र कोही बिपक्षभन्दा पनि सबै मिलेर जान जरुरी छ । यसका लागि हामी पहल गर्छौं ।
अन्तमा केही भन्नै पर्ने कुरा छुट्यो की ?
–निर्वाचन सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण गठबन्धनमा सहभागी तिनै वटा पार्टिका नेता कार्यकर्ता, प्रशासन, कर्मचारी, सुरक्षाकर्मी, पेशाब्यबसायी, नागरिक समाज, पत्रकार, सञ्चार संस्था लगायत आम बागलुङबासीहरुलाई धन्यवाद । हामीलाई मत दिने मतदातालाई अझै धेरै धन्यवाद हजुरहरुको मतको कदर गछौं ढुक्क हुनुहोस् ।
Previous Article४ पूस २०७४, धौलागिरी स्टार साप्ताहिक
Next Article सेरा–शान्तिपुर बाटोको स्तरोन्नति ( अन्तरवार्ता)