बागलुङ, ४ पूस – नेपाल उत्पिडित जातीय मुक्ति समाजले सोमबार आफ्नो ३० औं स्थापना दिवस मनाएको छ । मुक्ति समाज जिल्ला कार्यसमिती बागलुङले केक काटेर स्थापनाको तिसौं बर्ष गाँठ मनाएको हो । स्थापना दिवसको अवसरमा आयोजीत कार्यक्रमका बक्ताहरुले देशमा भएका परिवर्तनहरुलाई संस्थागत गर्न नसक्दा जातीय बिभेदको अन्त्य हुन नसकेको प्रति दुख व्यक्त गरे । सामाजिकरुपमा हुने छुवाछुत र बालीघरे प्रथाका कारण समाज परिवर्तन हुन नसकेको उनीहरको भनाई थियो । सामाजिक विसंगतीमा अलमलिएकोले उनीहरुको आर्थिक र समाजिक क्षेत्रमा प्रगती समेत हुन नसकेको टिप्पणी उनीहरुले गरेका थिए ।
राजनीतिकदलहरुले प्रयोग गर्ने प्रबृत्ति र उत्पिडित समुदाय समेत निस्कृय बन्दा लामो समयदेखी रहेको उत्पिडनको समस्या हट्न नसकेको उनिहरुको भनाई थियो । कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला सचिवालय सदस्य धनबहादुर परियारले समय अनुसार परिवर्तन हुन सबै तयार हुनुपर्ने बताए । कानुनले ब्यबस्था गरेका कुरालाई ब्यवहारमा उतार्नु पर्ने भन्दै परियारले जातियमुक्तिको लडाईं राजनीतिक शक्तिको प्रयोग गरेर हुनुपर्नेमा जोड दिए । एमालेकै अर्का सचिवालय सदस्य डिल्लिराज गौतमले परिवर्तनको सुरुवात आँफुवाट गर्नु पर्नेमा जोड दिए ।
साना तिना कुरामा अल्झेर देशको समृद्धिको बाटोमा बाधा हुने भन्दै गौतमले देशमा रहेका सबैखाले बिभेदको अन्त्यका लागि हातेमालो गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला कार्यसमिती बागलुङका पुर्व अध्यक्ष यमबहादुर चर्माकार लगायतले बोलेका थिए । जिल्ला कार्यसमिति बागलुङका इन्चार्ज सुजन परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पुर्व जिल्ला अध्यक्ष टकबहादुर बोहोरा र सञ्चालन सुनिता बिकले गरेका थिए ।
Previous Articleअझै एक हप्ता धन्यबादमा बित्ने
Next Article ४ पूस २०७४, धौलागिरी स्टार साप्ताहिक