काठमाडौं, ३ पुस – नेकपा माओवादी केन्द्रले सरकार गठन र पार्टी एकता सँगसँगै हुनुपर्ने निर्णय गरेको छ। सोमबार बसेको माओवादी केन्द्रको बैठकले पार्टी एकतालार्इ छोडेर सरकार गठनलार्इ मात्र जोड दिन नहुने निश्कर्ष निकालेको प्रवक्ता पम्फा भुसालले बताइन्।
बैठकपछि पत्रकारलार्इ निर्णय सुनाउँदै भुसालले भनिन्, ‘सरकार गठनपछि पार्टी एकता गरौंला भन्ने हुँदैन, सरकार गठन र पार्टी एकता अन्तरसम्बन्धित कुरा हुन्।’
पार्टी एकतालार्इ जनताले अनुमोदन गरिसकेकाले ढिलार्इ गर्न नहुनेमा माओवादीले जोड दिएको छ। देशभर चुनावमा ६०/४० को भागबण्डा गरेकाले समानुपातिकमा पार्टीलार्इ कम मत आएको माओवादीले जनाएको छ।
Previous Articleदेउवाले प्रचण्डलाई भने – लेखेरै दिन्छु, प्रधानमन्त्री हुनुस्
Next Article इपिएलः ललितपुरको विजयी सुरुवात