बागलुङ, ३ पूस– त्रिभुवन विश्वविद्यालयले क्याम्पसमा नगईकनै स्नातकोत्तर अध्ययन गर्न सकिने व्यवस्था शुरु गरेको छ । त्रिविको खुला तथा दुर शिक्षा केन्द्रका निर्देशक प्रा.डा. बालमुकुन्द भण्डारीले सोमबार आयोजित एक अन्तरक्रियामा यो जानकारी दिंदै धौलागिरीका विद्यार्थीलाई पनि यो अभियानमा सहभागि हुन आग्रह गरेका छन् । गत शैक्षिक शत्रदेखि शुरु भएको यो अभियानमा विश्वविद्यालयले शिक्षा शाष्त्र संकायको स्नातकोत्तर तहमा अंग्रेजी र गणित बिषय पढाईरहेको उनले जानकारी दिए । धवलागिरी बहुमुखी क्याम्पसमा अयाोजित एक अन्तक्रियामा उनले नियमित पढाइ भन्दा सस्तो र उस्तै पाठ्यक्रममा घरैमा बसेर पढ्ने व्यवस्थापन गरिएको बताएका हुन् । यो अभियानलाई आगामी बर्षदेखि पढाएर सबै संकायमा पु¥याउने तयारी गरेको बताए । धवलागिरी बहुमुखी क्याम्पसमा आयोजित एक अन्तरक्रियामा भण्डारीले जनचाहना अनुसारका बिषय थप गर्ने बताएका हुन् । विश्वविद्यालयले भर्ना भएका विद्यार्थीलाई मुडल नामक सफ्टवेयर दिएर दैनिक र आवस्यकता अनुसार प्राध्यापकहरुसँग पढ्न सक्ने व्यवस्थापन गरिने उनले जानकारी दिए । बिशेषगरी यो विधिले दुर्गम स्थानमा बस्ने, आर्थिक रुपमा खर्च गर्न नसक्ने विद्यार्थी र रोजगारीको कारणले पढ्ने समय निकाल्न नसकेकाहरुलाई फाइदा पुग्नेछ । यो प्रणली अनुसार विद्यार्थीले देश बिदेशमा जहाू बसेर पनि अनलाईन मार्फत औपचारिक र नियमित पढाई अगाडि बढाउन सक्छ । अनलाईनबाटै शिक्षकको प्रत्यक्ष निगरानीमा अध्ययन सकेपछि पायक पर्ने स्थानबाट परीक्षा दिने व्यवस्था समेत हुने उनले बताए ।
Previous Articleकुन प्रदेशमा कसको सरकार, १ र ३ मा एमालेको बहुमत
Next Article महोत्सवले खोजेको बागलुङ