सन्तोष थापा
पर्वत, २ पुस– १८ देखि ४० बर्ष सम्मका युवाहरुको सामाजिक संगठन पर्वत जेसीजको २१ औँ अधिबेशन तथा २२ औं साधारण सभा सञ्चालन भएको छ । हरेक बर्ष नेतृत्व परिवर्तन गर्ने गरी सञ्चालन हुने अधिवेशन विहिबार देखि सञ्चालन भएको हो ।
पर्वत जेसीजले आगामी बर्ष २०१८ का लागि नेतृत्व छनोट गर्ने गरी अधिवेशन सञ्चालन गरेको हो । जेसीजले शनिबार एक औपचारिक कार्यक्रम सञ्चालन गरी अधिवेशन तथा साधारणसभाको शुभारम्भ गरेको थियो । अधिवेशनका क्रममा बोल्दै प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर वि पौडेलले युवाहरुको क्रियाशिलताले नै मुलुकको परिवर्तन सम्भव भएको बताउँदै हरेक क्षेत्रमा आफ्नो प्रभाव जमाउन युवाहरुलाई आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल जेसीजका पूर्व उपाध्यक्ष एवं पर्वत जेसीजका संस्थापक महासचिव बसन्तकुमार कर्माचार्य, पर्वत जेसीज अध्यक्षीय क्लवका अध्यक्ष रवीकुमार श्रेष्ठ, पर्वत जेसीजका कानूनी सल्लाहकार शिव सुवेदी, कार्यक्रमका संयोजक सुमन श्रेष्ठ लगायतले बोलेका थिए ।
कार्यक्रममा निर्वाचन अधिकृत एवं पुर्व अध्यक्ष राजनकुमार जोशीले निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराएका थिए । पर्वत जेसीजमा आफ्नो विधि विधान अनुरुप अध्यक्ष तथा अन्य पदाधिकारी छनोट गर्ने परम्परालाई निरन्तरता दिँदै यस पटक अध्यक्षका लागि रामु शर्मा र राजन जोशीको अध्यक्षमा दावेदारी रहेको छ । कार्यसमिति निर्विरोध छनोटका लागि शनिबार राती ९ बजे सम्म प्रयत्न जारी रहेको जेसीजले जानकारी दिएको छ ।
अधिवेशनले आगामी बर्षका लागि युवाहरुको नेतृत्वदायी क्षमता विकास सँगै सामाजिक सेवामा प्रेरित गर्ने कार्य गर्ने क्षमतावान नेतृत्व छनोट हुने जेसीज बर्ष २०१७ का अध्यक्ष प्रेम गुरुङ अशोकले जानकारी दिए ।
Previous Articleएमाले र माओवादीले भने-‘अब पार्टी एकता सुरु हुन्छ’
Next Article रोटा क्वीज जोन फोरमा पर्वत प्रथम