बागलुङ, २९ मंसिर – भारतले नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएकोमा स्वागत गर्दै बधाई समेत दिएको छ। वाम गठबन्धनको विजयलाई भारतले कसरी प्रतिक्रिया जनाउला भन्ने चासो बढिरहेका बेला दिल्लीले यसको स्वागत गरेको हो। निर्वाचनमा विजयी भएको वाम गठबन्धनलाई सिधै बधाई नदिएपनि दिल्लीले लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको जनाएको छ।
‘भारतको सदियौं देखिको मित्रवत सम्बन्ध रहेको नेपालमा सम्पन्न चुनावका लागि हामी नेपाल सरकार र जनतालाई बधाई दिन चाहन्छौं’, भारतीय विदेश मन्त्रालयको साप्ताहिक प्रेस ब्रिफिङका क्रममा प्रवक्ता रविश कुमारले बिहिबार भने, ‘लोकतान्त्रिक रुपमा निर्वाचित नेपाल सरकारसँग शान्ति, स्थिरता, र आर्थिक समृद्धिका लागि सहकार्य गर्न चाहन्छौं।’
प्रत्यक्ष र समानुपातिक मतपरिणाम लगभग आइसकेपछि दिल्लीले यसको स्वागत गरेको हो। यसअघि प्रधानमन्त्री हुँदा यसअघि प्रधानमन्त्री हुँदा भारतीय नाकाबन्दीको सिधै विरोध गरेको र चीनसँग निकटता बढाएका कारण एमालेका अध्यक्ष केपी ओलीप्रति दिल्ली त्यत्ति सकारात्मक रहेको मानिँदैन काठमाडौंमा। तर दिल्लीले पनि के बुझेको देखिन्छ भने मन परे पनि नपरे पनि अहिलेलाई ओलीसँग सम्बन्ध सुधार गर्नुको विकल्प छैन। जो वाम गठबन्धनका तर्फबाट प्रधानमन्त्री हुँदैछन्। त्यसैले ओली र उनका सहयात्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सिधै बधाई नदिएपनि दिल्लीले नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको सन्देश दिएको छ।
Previous Articleरघुगंगा साक्षर गाउँपालिका घोषणा
Next Article बागलुङ सञ्चार सहकारीको बार्षिक साधारण सभा