म्याग्दी, २९ मंसिर– म्याग्दीको रघुगंगा गाउँपालिकालाई बुधबार साक्षर घोषणा गरिएको छ । रघुगंगा–५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ७ चिमखोलासँगै समग्र गाउँपालिकालाइ नै साक्षर घोषणा गरिएको हो । आठवटा वडा रहेको रघुगंगाका पाँचवटा वडालाई यसअघिनै साक्षर घोषणा गरिएको थियो ।
१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी जनसंख्याले अंक, अक्षर लेखपढ गर्न सक्ने भएको आधारमा साक्षर घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए ।५ नम्बर झिँका ९५.१०, पाखापानीका ९५.५९ र चिमखोलाका ९५.५५ प्रतिशत लक्षित समुदाय साक्षर बनेको शिक्षा कार्यालयको तथ्यांकको आधारमा घोषणा गरिएको हो । म्याग्दीका छवटा स्थानीय तहमध्ये बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण र मालिका गाउँपालिकासहित ४१ वटा वडालाई साक्षर घोषणा गरिएको छ । थप चारवटा वडा र दुई गाउँपालीकालाई साक्षर घोषणा गर्न बाँकी छ ।
म्याग्दीमा ४५ वटा वडा छन् । मंगला गाउँपालिकाका दुईवटा वडालाई मंसिर २९ र धौलागिरिको दुईवटा वडालाई पुस १४ गते तथा माघ ८ गते म्याग्दीलाई नै साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको जिशिअ श्रेष्ठले बताउनुभयो । साक्षर घोषणासँगै पहिले लेखपढ गर्न जानेकाको सिकाइलाई निरन्तरता र क्षमता अभिवृद्धिका लागि सिकाइ केन्द्र सञ्चालन गरिने शिक्षा कार्यालयले जनाएको छ । पाखापानीस्थित अमर माद्यामीक विद्यालयको परिसरमा आयोजित घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले साक्षर जिल्ला घोषणासंगै म्याग्दीको सामाजिक प्रतिष्ठामा बढोत्तरी हुने बताउनुहुँदै घोषणालाई व्यावहारिकरुपमा कार्यान्वयन गर्न जोड दिए ।
Previous Articleबाघ गणनामा बाघ र हात्तिको प्रयोग
Next Article नयाँ सरकारसँग समृद्धिका लागि सहकार्य – भारत