बागलुङ, २८ मंसिर – ताराखोला गाउँपालिकामा भिषण आगलागी भएको छ । ताराखोला गाउँपालिका ५ लाभाङका टकबहादुर बुढाले आफ्नो खरबारीमा लगाएको आगो अनियन्त्रित हुँदा करिब एकसय हेक्टर वन नष्ट भएको छ । गाउँमा खर काटेपछि बारीमा आगो लगाउने चलन छ । ‘खरबारीमा आगो लगाएपछि निभाएरै फर्किएको हँु,’ बुढाले भने, ‘पछि अचानक कताबाट आगो फैलिएछ, पत्तो भएन ।’
आगलागीबाट ताराखोला गाउँपालिका ५ साथै वडा नम्बर ४ को मसिनाडाडाँ तिनचुले मूलपानी सामुदायिक वनमा क्षति पुगेको छ । जङ्गल आसपासमा घरहरु नभएकाले मानवीय जोखिम भने देखिदैन । सो क्षेत्रमा केही गोठहरु रहेकाले जोगाउन पूर्व सजगताका अपनाइएको स्थानीय पूर्णभद्र न्यूरेले जानकारी दिए ।
आगो नियन्त्रणका लागि ताराखोला ४ र ५ का दुईसय बढी स्थानीय वासिन्दा सक्रिय भए पनि तत्काल नियन्त्रणमा आउने सम्भावना नरहेको न्युरेले बताए । ‘घना जंगल र भिर भएका कारण आगो तत्काल नियन्त्रणमा आउने सम्भावना छैन ’ उनले भने, ‘ईलाका प्रहरी कार्यालय ताराखोलामा पनि घटनाबारे जानकारी गराएका छौ, दुरीका हिसावले टाढा भएकाले पनि थप समस्या देखिएको छ ।’
Previous Articleसमानुपातिकतर्फ एमालेको अग्रता कायमै
Next Article प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्री !