बागलुङ, २८ मंसिर – पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा (एमाले) को अग्रता कायमै रहेको छ ।
निर्वाचन आयोगबाट प्राप्त जानकारीअनुसार नेकपा (एमाले)ले बिहीबार राति साढे ८ बजेसम्म २८ लाख ९५ हजार ८०६ मत, नेपाली कांग्रेसले २८ लाख १३ हजार ६८७, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६२ हजार ७६९, संघीय समाजवादी फोरम नेपालले ४ लाख १२ हजार ३९० मत प्राप्त गरेका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालले ३ लाख ६६ हजार ३६५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ६६ हजार ३६५ र विवेकशील साझा पार्टीले १ लाख ९४ हजार ८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
Previous Articleक्रिकेटर पृथु बास्कोटासहित आठजना पक्राउ
Next Article ताराखोलामा भिषण आगलागी