तारानाथ आचार्य
बागलुङ, २८ मंसिर- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बिजयी भएका सांसदहरु अन्तिम नतिजा आए लगत्तै प्रमाण पत्र बुझेर गाउँ पसेका छन् । शनिवार बिजय जुलुस निकालेका दलका नेताहरु पनि बिजयी उमेदवार सँगै गाउँगाउँमा कार्यकर्ता र मतदातालाई धन्यवाद दिन हिडेका हुन् । भ्याई नभ्याई उनीहरुले दोहो¥याएर जनताको घरदैलो चाहरेका छन् । निर्वाचन अघि मतमाग्न पुगेझै धन्यवाद भन्दै घरदैलो गर्न थालेको उनीहरुले बताए । पहिलो दिन जिल्ला सदरमुकाम बागलुङ बजारमा बिजयजुलुस सँगै एकमुष्ठ मतदातालाई धन्यबाद ज्ञापन गरेका उनीहरु अहिले भने आ–आफ्नो निर्वाचन क्षेत्रमा अभियान चलाईरहेका छन् ।
प्रतिनिधिसभा सदस्यमा बागलुङको क्षेत्र नं १ बाट निर्वाचित डा. सुर्य पाठकले जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेराबाट धन्यबाद अभियान सुरु गरेका थिए । क्षेत्र नं २ का देबेन्द्र पौडेलले जिल्लाको ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बाट अभियान सुरु गरेको बताएका छन् । कुश्मीशेराबाट अभियान तथा बिजय जुलुस निकाल्न सुरु गरेका पाठक बुधबारसम्ममा जैमिनीका सबै वडामा पुग्दै बरेङ गाउँपालिकामा प्रबेश गरीसकेका हुन् ।
आगामि पौष ५ गते क्षेत्र नं. १ को २ अन्र्तगत पैयुँपाटामा पुगेर मतदाताालई धन्यवाद दिने योजना बनाएर निस्केको पाठकले जानकारी दिए । पहिले प्रदेशसभा २ मा अभियानमा रहेका पाठक पौष ५ गते पछि मात्रै प्रदेशसभा १ मा प्रबेश गर्ने बताईएको छ । ‘हाम्रो जीतको बास्तवीक बधाई पाउने भनेका हाम्रा मतदाता हुन् ’ पाठकले जनमञ्चसँग भने ‘निर्वाचन अघि गरेको बाचा पुरा गर्ने बिश्वास दिलाउन धन्यवाद भन्दै घरदैलो गरिरहेका छौं ।’ पाठकले चुनाव जितेपछि गाउँ नफकर्ने पुरानो प्रबृत्तिको अन्त्यका लागि आँफु गाउँमा पसेको र निर्वाचन क्षेत्र भित्रका सबैवडामा पुगेर छोड्ने बताए । उनीसँगै प्रदेशसभा २ का सांसद कृष्ण थापा पनि धन्यवाद अभियानमा सहभागी छन् ।
त्यस्तै क्षेत्र नं १ को १ का प्रदेशसभा सदस्य इन्द्रलाल सापाकोटा पनि धन्यवाद भन्दै गाउँ पसेका छन् । काठेखोला गाउँपालिकाबाट अभियान सुरु गरेका सापकोटा बुधबार बागलुङ नगरपालिकाको वडा नं ५ मालिकामा थिए । प्रदेशसभा क्षेत्र भित्रका सबै वडामा घरदैलो गरेर धन्यवाद दिने अभियानमा जुटेका सापकोटाले पौष ११ गते सम्मको योजना बनाएर घरदैलोमा लागेको बताए । ‘हामी जनतालाई बिश्वस्त पार्न घरदैलो गरीरहेका छौं’ सापकोटाले भने ‘चुनाव जित्नका लागी मात्रै हैन जितेपछि पनि हामी जनताको घरदैलोमै रहन आवस्यक छ ।’ जनताको मतको कदर गर्न भन्दै गाउँ पसेको बताउने सापकोटाले निर्वाच पछि पनि जनताका अपेक्षा संकलन गर्दै हिंडेको बताए । गाउँ पसेका उमेदवारहरुले चुनाव अघि गरेका बाचालाई प्राथमिकतामा राखेपनि जनताको मुख्य चाहना र बढी आवस्यकता के हुन् भन्ने पहिलो प्रथामिकतामा राख्ने बताएका छन् ।
‘चुनावका बेला केही धेरै कुरा पनि गरियो होला, तर अहिले प्राविधिक रुपमा के के गर्न सकिन्छ त्यस्तै बिषयमा केन्द्रीत छौं’ पौडेलले भने, ‘जनताको आर्थिक समृद्धिका लागि गर्न सकिने दिर्घकालिन योजनामा बढी ध्यान केन्द्रीत गर्नेछौं ।’ निर्वाचनको परिणाम आएपनि तत्कालै संसदको अधिवेसन बस्ने नबस्ने निधो नभएकोले यो समयलाई सदुपयोग गर्दै जनताको घरदैलो घुमेको समेत उनीहरुले बताएका छन् ।
Previous Articleआश्रमलाई खाद्यान्न सामाग्री हस्तान्त्रण
Next Article २०७४ मंसिर २८ गते बिहिबारको राशिफल