जसले चुन्यो महिला मेयर, महिला जिल्ला संयोजक र महिला सांसद
बागलुङ, २७ मंसिर – स्थानीय तह निर्वाचनमार्फत् महिला नगरप्रमुख चुनेको स्याङ्जा जिल्लाले प्रतिनिधि सभामा पनि महिला सदस्य चुनेर पठाएपछि स्याङ्जा प्रतिनिधित्वको सवालमा महिला मैत्री जिल्ला बन्न पुगेको छ। उपप्रधानमन्त्री गोपालमात्र श्रेष्ठलाई पराजित गर्दै एमालेकी पद्मा अर्यालले विजय प्राप्त गर्नुअघि स्याङ्जाबाट जिल्ला समन्वय समिति र नगरप्रमुखमा पनि महिला नै चुनिएका थिए।
पहिलो चरणको अन्तर्गत बैशाख ३१ गते भएको निर्वाचनमा पुतलीबजार नगरपालिकाबाट एमालेकी सीमाकुमारी क्षेत्री निर्वाचित भएकी थिइन्। नेपालको इतिहासकै दोस्रो महिला उपप्रमुख बनाएको यो जिल्लाले लगत्तै जिल्ला समन्वय समितिको निर्वाचनमा पनि संयोजक महिलालाई नै बनायो। एमालेकी सीता सुन्दासले जिल्ला समन्वय समितिको पहिलो महिला संयोजक बनाएर रुेकर्ड कायम गरिन्।
त्यस्तै रेकर्ड यो जिल्लाले प्रतिनिधि सभा निर्वाचनमार्फत् पनि बनाएको छ। इतिहासमै पहिलो पटक बहालवाला उपप्रधानमन्त्रीलाई पराजित गर्ने पहिलो महिला उम्मेदवारको रेकर्ड पद्मा अर्यालले बनाएकी छन्। स्याङ्जा–२ मा श्रेष्ठलाई ३ हजार ७ सय ५ मतान्तर पराजित गर्दै अर्यालले विजय हासिल गरिन्। ३५ हजार १ सय ४१ मत पाएकी अर्यालका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ३१ हजार ४ सय ३६ मतमात्र प्राप्त गरे।
यसरी नगरप्रमुख जिल्ला प्रमुख र संसद गरी तीनै निकायमा महिलालाई पठाएर यो जिल्लाले नयाँ रेकर्ड कायम गरेको छ। यसअघि यस्तै रेकर्ड यो जिल्लाले राखेको थियो। उपप्रधानमन्त्री श्रेष्ठलाई पराजित गरेकी अर्याल एमालेको पहिलो जिल्ला अध्यक्ष बन्न सफल भएकी थिइन्।
स्याङ्जा बन्यो एक मात्र महिला मैत्री जिल्ला
Previous Articleप्रत्यक्षमा वामको दुई तिहाइ, समानुपातिकमा एमाले अगाडि
Next Article प्रदेश ४ मा मुख्यमन्त्रीको प्रतिस्पर्धामा गुरुङद्वय