बागलुङ, २६ मंसिर– प्लान इन्टरनेसनलले मंगलबार जिल्लाको पल्लोपाखा सामुदायिक माध्यामिक बिद्यालय कुश्मीशेराको अवलोकन तथा निरीक्षण गरेको छ । नेपालमा स्थानियको सक्रियतामा सञ्चालित बागलुङको पल्लोपाखालाई छनौट गर्दै प्लानले निरीक्षण तथा अवलोकन गरेको हो ।
बिद्यालयको कक्षा व्यवस्थापन र शैक्षिक गुणस्तर विकास तथा विद्यालयको प्रगतीको बिषयमा चासो राख्दै प्लान अन्तराष्ट्रिय समिती न्युजरल्याण्डको टोलीले बिद्यालयको निरीक्षण गरेको प्रधानाध्यापक टेकनारायण आचार्यले बताए । समितीले विद्यालयले शैक्षिक गुणस्तरमा गरेको प्रगतीको प्रशंसा गर्दै आगामी दिनमा विद्यालयका हरेक शैक्षिक क्रियाकलापमा सहयोग गर्ने प्रतिबद्धता जनाएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रुद्रनाथ शर्माले बताए ।
न्युजील्याण्डको टोलीले स्थानियको सक्रियतामा विद्यालय उत्कृष्ट रुपमा सञ्चालन भैरहेको भन्दै सूचना प्रबिधिको माध्यामबाट शिक्षण सिकाईलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ । कक्षा आठसम्म कम्प्युटर माध्यामबाट पठनपाठन हुने उक्त बिद्यालयलाई कक्षा दशसम्म नै कम्प्युटर तथा आधुनिक प्रबिधिबाट शिक्षण गर्न आग्रह गर्दै आफुहरुले पुर्ण सहयोग गर्ने बाचा गरेको प्लानले जनाएको छ । औपचारिक रुपमा भएको निरीक्षण कार्यक्रममा सहभागी जैमिनी नगरपालिकाका प्रमुख इन्द्रलाल पौडेलले बिदेशीको समेत नजर पुगेको विद्यालयमा नगरपालिकाको सहयोगलाई बढाएर लैजाने बताए । शैक्षिक गुणस्तर सुधार तथा जिल्लामा नमुना विद्यालयको रुपमा स्थापित गर्न नगरपालिकाको तर्फबाट हुने सबै सहयोग गर्ने भन्दै पौडेलले विद्यार्थीहरुको उज्वल भविष्यको लागि सधैं हातेमालो गर्ने बताए । कार्यक्रममा बोल्दै नगर शिक्षा अधिकारी खेम आचार्यले योजना बनाएर विद्यालयलाई नमुना बनाउन आफ्नो सहयोग हुने बताए ।
कार्यक्रममा विद्यालयको प्रगति तथा शैक्षिक गुणस्तर मापनको बिषयमा विद्यालयका प्रधानाध्यापक टेकनारायण आचार्यले जानकारी गराएका थिए । स्थानिय शिक्षाप्रेमी हरिप्रसाद शर्मा, देबनारायण आचार्य, तुलसीदेवी शर्मा लगायतले विद्यालयको वर्तमान अवस्थाका बारेमा टिप्पणी गरेका थिए ।