बागलुङ, २५ मंसिर– आइतवारदेखि शुरु भएको समानुपातिक मतगणना मंगलवार बिहान सम्पन्न भएको छ । सम्पन्न मतगणनाबाट बागलुङमा नेपाली कांग्रेसले सबै भन्दा बढि मत ल्याएको छ । अन्तिम नतिजा अनुसार कांग्रेसले प्रतिनिधिसभा तर्प ३६ हजार ६ सय ३८ मत पाएको छ । त्यस्तै प्रदेश तर्फ ३३ हजार ६ सय४० मत पाएको हो । एमालेले प्रतिनिधिसभाका लागि ३० हजार ६ सय ३५ र प्रदेशमा २९ हजार ५४ मत ल्याएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पंडितले बताए ।
जिल्लामा तेस्रो ठूलो दल राष्ट्रिय जनमोर्चा भएको छ । उसले प्रतिनिधिसभाका लागि १५ हजार ९ सय ३४ र प्रदेशसभाका लागि १६ हजार ७ सय २ मत ल्याएको छ । त्यस्तै माओवादी केन्द्रले प्रतिनिधिसभामा १४ हजार ४ सय ५० र प्रदेशसभामा १३ हजार ८ सय ३ मत ल्याएको हो । त्यस्तै गाई चिन्ह भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा १ हजार २ सय १२ मत र प्रदेशतर्फ १ हजार ५ सय ७२ मत ल्यायो । पार्टीको संगठन नभएको विवेकशिल साझ पार्टीले प्रतिनिधिसभामा १ हजार ३४ र प्रदेशसभामा १ हजार १ सय ३८ मत पाएको छ । त्यस्तै बाबुराम भट्टराईको नयाँशक्ति पार्टीले प्रतिनिधिसभामा ५ सय ३६ र प्रदेशसभामा ४ सय २५ मत ल्याएको छ । हलो चुनाव चिन्ह भएको राप्रपा राष्ट्रबादीले भने ४३ मत मात्र पाएको छ ।
बरु संघिय समाजवादी फोरमले २ सय ३२, देशभक्त गणतन्त्र मोर्चाले ८ सय ६९, नेकपा मालेले ३ सय ६४ मत पाएको हो । प्रत्यक्षमा समेत लडेको आमूल परिवर्तन मसिहा पार्टीले १ सय ६५ मतपाएको हो । अन्य दलले भने एकसय मत कटाउन सकेका छैनन् । निर्वाचन अधिकृतको कार्यालयले ६ स्थानमा मतगणना गरेर छिटो परिणाम सार्वजनिक गरेको हो । जिल्लामा १ लाख ८ हजार मत खसेको थियो ।
Previous Articleकेपी ओली २.० (वामलहर: अभियन्ता ओली-प्रचण्ड अवसर)
Next Article २६ मंसिर २०७४, धौलागिरी स्टार साप्ताहिक