बागलुङ, २२ मंसिर– जिल्लाको अमलाचौरमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामिण क्षेत्रका नागरिकलाई घरदैलोमै सर्वसुलभ स्वास्थय सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको हो । अरनिको समाज काठमाडौको आयोजना,बागलुङ नगरपालिकाको सह–आयोजना, अमलाचौर स्वास्थ्य चौकीको समन्वयमा तथा अमलाचौर युवा जागरण समितिको सहयोगमा शिविर सम्पन्न भएको थियो । शिविरमा जिल्लाको अमलाचौर र आसपासका नागरिकले सहभागी भएर स्वास्थय लाभ लिएको अमलाचौर स्वास्थ्य चौकीले जनाएको छ ।
शिविरबाट बालबालिका, युवा तथा बयोबृद्धा गरी करिव ६ सय जनाले सेवा लिएको अमलाचौर युवा जागरण समितीका अध्यक्ष झलक आचार्यले बताए । शिविरमा महिला तथा स्त्रीरोग, बाल रोग, हाडजोर्नी, नसा सम्बन्धि रोग, छाला तथा यौन रोग, पेट तथा छाती रोग, दन्त रोग, भिडियो एक्सरे, ल्याब सेवा, औषधि वितरण तथा जेनेरल मेडिसिन सेवा पनि उपलब्ध गराएको हेल्थ असिस्टेन प्रकाश परियारले जानकारी दिए । आफ्नो घरगाउँमा नै बिषेषज्ञ सेवा पाएकोमा सेवाग्राहीरुले खुसी व्यक्त गरेका थिए । शिविको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका मेयर जनक पौडेलले घर गाउँमा सञ्चालन हुने यस्ताखालका कार्यक्रमहरुमा सहभागी भएर फाईदा लिन सर्वसाधारणलाई आग्रह गरेका थिए । नगरपालिकाले सर्वसाधारणको हित अनुकुलका कार्यक्रमहरु तय गर्दै सञ्चालन गर्ने भन्दै पौडेलले नगरले आयोजना गर्ने कार्यैक्रमहरुमा सहभागी भएर सहयोग गर्न आग्रह गरेका थिए ।
Previous Articleमुस्ताङमा तीनै क्षेत्रमा वामका उम्मेदवार विजयी
Next Article २०७४ मंसिर २२ गते शुक्रबार राशिफल