बागलुङ, २१ मंसिर– १४ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा उल्लेखनीय योगदान पु¥याएका उत्कृष्ट स्वयंसेविकालाई सम्मान गरिएको छ । नगरपालिका क्षेत्रका स्वयम् सेविकाहरुको सेवालाई उच्च मुल्याङन गर्दै ढोरपाटन नगरपालिका वडा नं. ३ की महिला स्वयम्सेविकाहरु दलिमा सुनार, बेल कुमारी छन्त्याल र मिना पुनलाई उत्कृष्ट स्वयम् सेविकाको रुपमा सम्मान गरिएको हो । ढोरपाटन नगरपालिका तथा प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङले एक कार्यक्रमको आयोजना गरि उनिहरुलाई नगद पुरस्कारसहित खादा अविर लगाएर सम्मान गरिएको थियो । ढोरपाटन नगरपालिका–१ का अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका ब्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर भण्डारीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद आचार्यले स्वास्थ्य स्वयम् सेविकाहरुले गरेको सेवाको सहि मुल्याङकन राज्यले गर्न नसकेको बताए । यस्तै कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. २ का अध्यक्ष युवराज महत, प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका डा. विजय श्रेष्ठ, स्वास्थ्य केन्द्रका सिनियर अहेव ऋतुवर्ण पौडेल, मनकुमारी कुवँर, घनश्याम शर्मा, मेडिकल अफिसियर डा. मिलन मल्ल लगायतले बोलेका थिए । कार्यक्रममा स्वयमसेविका तारा मल्लको स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन स्वयम् सेविका गमी बुढा मगरले गरेकी थिईन् ।
Previous Articleमतदानपछि प्रचण्डले भने- मुलुक नयाँ अध्यायमा प्रवेश गर्यो
Next Article बिरालो बाँध्ने प्रवृत्ति