बागलुङ, २० मंसिर– जिल्लामा सम्पन्न अन्तर विद्यालय स्तरीय ‘गरिमा कप–२०७४’ क्रिकेट प्रतियोगीताको उपाधि अमर आदर्श आवासिय माविले जितेको छ । प्रतियोगिताको अन्तिम दिन भएको फाइनल खेल फ्युचर ब्राइटरलाई १९ रनले पराजित गरि अमर आदर्श आवसिय माविले उपाधि चुमेको हो । उपाधिसंगै अमर आदर्श आवसिय माविले नगद १५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छभने उपबिजेतामा चित्त बुझाएको फ्युचर ब्राइटरले ९ हजार ९ सय ९९ रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितावाट फ्युचरका आदेश शर्मा बेष्ट बलर, फ्युचर कै सागर शर्मा म्यान अफ द सिरीच र भिमसेन माविका बिशाल थापा उल्कृष्ठ व्याट मेन भएको खेल संयोजक केदारनाथ पौडेलले जानकारी दिए । यसअघि मंगलवार नै भएको सेमिफाइनल खेलमा अमर आदर्शले धौलागिरि प्राविधीक शिक्षालयलाई र फ्युचरले भिमसेन मावि बिहुलाई पराजित गरेका थिए ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले स्थानिय स्तरवाट पहिचान गरि राष्ट्रिय स्तर र अन्तराष्ट्रिय स्तरसम्म खेलाडिको पहिचानका लागि खेल क्षेत्रको बिकास आवश्यक रहको बताए । समापन कार्यक्रम डिग्नीटि कलेजका प्रमुख श्यामप्रसाद शर्माको अध्यक्षता र शिक्षक गणेशप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।
Previous Article२०७४ मंसिर २० गते बुधबारको राशिफल
Next Article ग्रामीण क्षेत्रमा जिएसएम मोवाइल सेवा विस्तार