डिल्लीप्रसाद गौतम
मुलुक अहिले दास्रो चरणको संघ तथा प्रदेश सभाको चुनावमा केन्द्रित भैरहेको छ । प्रथम चरणको निर्वाचन अन्तरगत मुलुकका उच्च हिमाली तथा पहाडि जिल्लाका ३२ जिल्लामा यहि मंसिर १० गते निर्वाचन सम्पन्न भैसकेको छ । सयै क्रममा दोस्रो चरण अन्तरगत ४५ जिल्लामा यहि मंसिर २१ गते अर्थात भोलि निर्वाचन सम्पन्न हुन गैरहेको छ । एकातिर लामो समय सम्म निर्वाचन हुन नसकेको तथा मुलुकमा नयाँ संबिधान २०७२ लागु भए पश्चात संघिय प्रणली अनुसार सम्पन्न हुन गैरहेको निर्वाचन भएका कारण यस निर्वाचनलाई स्वदेश तथा बिदेशबाट समेत निकै चासोका साथ हेरीएको छ ।
यसरि देश बिदेशमा समेत निकै रुचिका साथ यस अर्थमा पनि हेरीएको छ की बिश्वमा समेत प्रयोग बिहिन हुन लागीरहेको कम्युनिष्ट ब्यवस्था नेपालमा सम्पुर्ण कम्युनिष्ट शक्तिहरुगठबन्धन गरी चुनावमा लडिरहेको कारणले पनि अहिलेको निर्वाचन थप रोचक बन्न पुगेको छ । नेपालमा कम्युनिष्ट पार्टि गठन भए पश्चात कहिले दरवारको प्रभावमा परेर त कहिले प्रजातन्त्रबादिहरुको शाशनमोहमा फसेर टुक्रा टुक्रा बनेका नेपालका कम्युनिष्ट पार्टिहरुलाई यस पटकको संघ तथा प्रदेश सभाको निmर्वाचनले एकै ठाउँमा समाहित हुने शुभ साईत प्रदान गरेको छ । देशको आर्थिक तथा सामाजिक बिकासको लागी पार्टिहरुको एक आपसमा फुट्नु भन्दा जुट्नु नै राम्रो मानिन्छ । नेपालको इतिहाँस हेर्ने हो भने २००७ सालमा राणा शाशनको अन्त्य भै प्रजातन्त्र स्थापना पश्चात चाहे ति बामपन्थि दल हुन या प्रजातन्त्र बादी दल कहिले दरवारको प्रभाव त कहिले छिमेकी मित्र राष्ट्रको प्रभाव त कहिले सत्तत्राको चलखेल र आपसि स्वार्थका कारण फुट्ने र फुटाउने क्रम अधिक रहयो । सत्ताको लागी ठुलो आर्थिक लेनदेन देखी सभासद किनबेच सम्मका हरकतहरु नेपालको इतिहाँसमा भैरहे ।
२०४६ सात देखी २०५२ सालदेखीको तत्कालीन माओवादीको १० बर्षे शशस्त्र आन्दोलन हुँदै २०६२÷६३ को लोकतान्त्रिक आन्दोलन सम्म आईपुग्दा निस्चित गन्तव्यको लागि बाम पन्थि तथा लोकतान्त्रीक दलको गठबन्धन हुने र कार्यान्वयनमा नआउँदै तोडिने परम्पराले नेपालका दलहरुको आन्तिरिक बिकास तथा समग्र देश र जनताको आर्थिक र सामाजिक बिकास हुन सकेन । फरक फरक गन्तव्य र उद्देश् यबोकेका दलहरुका बिच २०६२÷६३ को लोकतान्त्रीक आन्दोलनको जगमा टेकेर नेपालमा पहिलो संबिधान सभाको पहिलो बैठक मार्फत राजतन्त्रको अन्त्य भै गणतन्त्रको स्थापना भएको थियो । जसलाई नेपालको राजनितिक इतिहाँसमा दलहरुको मिलि मोतोमा भएको महत्वपुर्ण उपलव्धि मानिन्छ । तर पनि उक्त मिलन पनि संबिधान सभाले संबिधान जारी गर्न नसकि बिचमानै तुहिन पुगेको थियो । दलहरुको क्षमतामा नै प्रस्न चिन्ह खडा हुन पुग्यो । गैह्र दलीय सरकारको अभ्यास भयो । प्रधानन्यायधिशको अध्यक्षतामा गठित अन्तरिम सरकारले दस्रो संबिधान सभाको निर्वाचन सम्पन्न गराई पुन दलहरुलाई शासन सत्ता हस्तान्त्रण भै सोहि संबिधान सभाले अनेक समस्या र ब्यबधानका बाबजुध २०७२ आश्विन ३ गते नेपालको संबिधान २०७२ जारी ग¥यो । यहि संबिधान कार्यान्वयनको पहिलो खुट्कीलो अन्तरगत स्थानिय निकायको निर्वाचन सम्पन्न भै सकेको छ । भने संघ तथा प्रदेश सभाको निर्वाचन अन्तरुगत प्रथम चरणको निर्वाचन सम्पन्न भै जनमत मतपेटिकामा कैंद भै प्रतिक्षारत अवस्थामा रहेको छ भने दस्रो चरण अन्तरगत भोलि अर्थात मंसिर २३१ गते निर्वाचन हुँदै छ । सुरक्षाको हिसावले अत्यान्तै चुनौतिपुर्ण मानिएको यस निर्वाचनमा पहिलो चरण भन्दा दोस्रो चरण अझै जटिल बनिरहेको छ । निर्वाचनलाइ असफल पार्न उद्द्यत केही समुहले स्वय उम्मेदवार तथा मतदाता लक्षित बम बिस्फोट गराउदै परिस्थितिलाइ भयाबह बनाउन लागी परिरहेका छन् । तरपनि सरकार उम्मेदवार, राजनितिक दल तथा मतदाताहरुको समेत तिब्र इच्छाका कारण निर्वाचन सम्पन्न हुन गैरहेको छ ।
दोस्रो चरणको निर्वाचन सम्पन्न भए लगत्तै पहिलो चरणमा सम्पन्न भै गोदाममा थन्किएका मतपत्र गणना शुरु हुने निmर्वाचन आयोगले जनाएको छ । प्रथम चरणमा निर्वाचन सम्पन्न भएर गोदाममा रहेका मत पत्र दलहरुका कार्यकर्ताहरुले दैनिक रुपमा पहरा शिँदै आईरहेका छन् । चिसो मौसमका बाबजुध दलका स्वयमसेवकहरुले कडा सुरक्षा घेरा भित्र पनि पहरा दिईरहेका छन् । खास गरी बाम गठबन्धन आफ्नो बिजय सुनिस्चित रहेको र कहिं कतै सुरक्षा कमि वा सरकारको मिलिमोतोमा कुनै बदमासि हुने आसंकाले धर्ना बसिरहेका छन भने कांग्रेस गठबन्धन पक्ष पनि पराजित मानशिकताले मतपेटिका छोडेर गएको लान्छाना लाग्ने भएकाले मत पेटिका कुरुवाबसेका छन् । एकातिर चिसो मैसम त अर्कोतिर निर्वाचन प्रचार प्रसारले लखतरान परेका दलका कार्यकर्ताहरु मतपेटीका लामो कुराईलाइ क्रियापुत्री कुरे जस्तो उपमा दिन थालेका छन् ।
एक कार्यकर्ताको भनाईमा अवत उम्कने बेला भयो, अव राहत महसुस होलानी भन्दैछन् । जे होस लामो समयको कुराईले एकातिर कार्यकर्ता थकित छन भने अर्को तर्फ उम्मेदवार तथा आफ्नो मतजाहेर गरेका मतदाताहरुमा समेत आफ्नो अभिमत काम लाग्ने वा नलाग्ने भनि बढो उत्कुकताका साथ पर्खामा रहेका छन् । जे होस जनमत जसको पक्षमा रहेतापनि अव प्रतिक्षाको घडि छोटिंदै आएको र अवको ४८ घण्टा पछि सम्भवत मतगणना सुरु हुने छ । जनताको अभिमत कता जाने अड्कल बाजी समेत शुरु हुने छ । यस निर्वाचन पस्चात नेपालको संबिधान २०७२ कार्यान्वयनमा आउने छ भने नेपालको भबिष्य के हुने, मुलुक कसरि अगाडि बढ्ने भन्ने जनमत प्राप्त हुने छ ।
Previous Articleलैंगिक हिंसाविरुद्वको अभियान जारी
Next Article निर्वाचनमा प्रदेश एजेण्डा