बागलुङ, २० मंसिर– १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्र्तगत अन्तरक्रिया कार्यक्रम बागलुङमा सम्पन्न भएको छ । हिंसालाई बढावा दिने कुराहरुको अन्त्य गरे मात्र लैङ्गिक हिंसाका घटना न्यूनिकरण हुने बगलुङमा आयोजित कार्यक्रमका सहभागिले बताएका छन् । १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियान अन्र्तगत जिल्ला प्रशासन कार्यालय बागलुङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो धारणा राखेका हुन । जिल्ला स्थित राजनैतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, महिला अधिकार कर्मी तथा संम्बन्धित कार्यालयका सहभागितामा सम्पन्न कार्यक्रममा सरकारी कार्यालय महिला मैत्री हुनु पर्ने, सवारी साधनमा सुरक्षित यात्रा गर्न पाउने र राज्य संविधानमा उल्लेख गरिएको हिंसा विरुद्धको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्नेमा जोडदिएका थिए । कार्यक्रममा बोल्दै बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले हिंसा रहित समाज निर्माण गर्नको लागि हामी सबैले आफ्नो व्यवाहारमा परिवर्तन गर्नु आवश्यक रहेको बताए । नेपालको संविधानमा उल्लेखीय पक्षको कार्यान्वयन जटिलता तर्फ गएकाले यस्को कार्यान्वयनमा सबै लाग्नुपर्ने बताए । साथै नेपाली सर्वसाधारण राज्यको पहुँच भन्दा बाहिर रहेका व्यक्तिको सेवा तथा सुविधालाई सहजता बनाउन सम्पुर्ण राजनैतिक दल, सरोकारवाला निकायले पहल गर्नुपर्नेमा दिए ।
Previous Articleयसरी हुन्छ चितवनमा प्रचण्डको मर्निङवाक
Next Article निर्वाचन सम्पन्न पश्चात प्रतिक्षाको समय