काठमाडौं, १९ मंसिर – प्रेम कथामा आधारित रहेर फिल्म बन्ने होडबाजी चलिरहँदा यस्तै कथामा नयाँ फिल्म ‘ लभ डायरिज’ बन्ने भएको छ । सौरभ चौधरीले निर्देशन गर्ने फिल्ममा सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटालगायतका कलाकारको अभिनय हुनेछ।
सामान्यतया पत्रकार सम्मेलनमार्फत कलाकार सार्वजनिक गरिने चलन चलिरहँदा यो फिल्मले चाहिँ भिडियोमार्फत फिल्मको घोषणा गरेको हो । फिल्ममा नायक सुशिला लामो कपालमा देखिएका छन् । ट्रेलर काट्दै आएका सम्पादक साहिल खान फिल्ममा ‘एसोसियट डाइरेक्टर’को रुपमा छन् । सौरभले यसअघि ‘फ्रेन्डस् फरएभर’मा अभिनेताको रुपमा काम गरेका थिए।
साहिल र मिलन श्रेष्ठले सम्पादन गर्ने फिल्म इइस्टेर इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुनेछ । विनोद सापकोटाको निर्माण र बिबी ढकालको सह–निर्माण हुने फिल्ममा संजय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । फिल्मको आइतबार कमलादी गणेश मन्दिरमा औपचारिक मुहूर्त भएको छ ।
Previous Articleअरब सागरमा देखापरेको चक्रवातले हिमपातको सम्भावना
Next Article फेसबुक, फोन र प्रेमको कथा