समय परिवर्तनशिल छ । समयको गतिसँगै दौडिरहेको मानव जीवनमा पछिल्लो समय आक्रमक बन्दै आएको रोग हो एचआईभी एड्स। नेपालमा हालसम्म खुल्नमा आएका संक्रमितहरुको संख्यालाई मात्रै आँकलन गर्ने होभने यो रोगको संक्रमण भएका ब्यक्तिहरुको संख्या ठुलो छ । स्वास्थयसँग सरोकार राख्ने निकायहरु र एच.आई.भी रोगको क्षेत्रमा काम गर्ने सरकारी तथा गैह्रसरकारी निकायहरुको पछिल्लो भनाईलाई आधार मान्ने होभने रोग ब्यापक हुन कमि आएको छ तर बिस्तारै खुल्दै गएका संक्रमितहरुका कारण संख्या भने बढ्दो देखीएको छ ।
अहिलेभन्दा ३७ बर्ष पहिला मानवमा देखीएको यो रोग अहिले देशका कुना कन्दरासम्म पुगेको तथ्याङ्कहरुमा पाईन्छन् । सामाजिक कारण नखुलेका संक्रमितबाहेक नेपालमा ३२ हजार ७ सय ३५ जना रहेका छन् । नेपालमा अझैसम्म पनि ४३ प्रतिशत एच.आई.भी संक्रमित स्वास्थ्य संस्थामा आउन बाँकी रहेको पाइएको छ । अर्थात उनीहरु उपचारबाट बञ्चित भएका छन् । यो तथ्याङक पनि यो वा त्यो ढंगबाट संक्रमण भएकाहरुको पहिचान भएकाको हो तर पहिचान नभएकाहरुको संख्या यसैको हाराहारीमा हुन सक्ने अनुमान गर्ने गरिएको छ । पहिले एच.आई.भी एउटा प्राण घातक रोगको रुपमा पहिचान भयो र यो रोग गलत तरिकाबाट हुने यौन क्रियाकलापका कारण मात्रै हुन्छ भन्ने आम जनमानसमा भ्रम फैलाईयो । यसैका कारण आजपनि संक्रमितहरु सामाजिक बहिष्कारको ढरले खुल्न सकेका छैनन् । एच.आई.भी संक्रमितलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसक्दा राज्यले बर्सेनि खर्चिने गरेको करोडौं रुपैया फोकटको खर्चमा परिणत हुने स्थितीमा छ । एच.आई.भी संक्रमितहरुवाट सजिलै यो रोग अन्य मानिसमा सर्दैन भन्ने कुराको हेक्का आम सर्वसाधारणमा हुन नसक्दा अझै बढि संक्रमितहरु सामाजिक रुपमा खुल्न सकेका छैनन् । समाजले संक्रमितहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन जरुरी छ ।
सरोकारवालहरुको भनाईलाई आधार मान्ने होभने एच.आई.भी पहिले–पहिले भनिए जस्तो प्राणघातक रोग होईन यसको निदान त छैन तर नियन्त्रण भने गर्न सकिन्छ । सामाजिक रुपमा नखुलेका संक्रमितहरु हाम्रो व्यवहारका कारण त्यो नियन्त्रण गर्ने अवसरबाट पनि बञ्चित भएको अवस्थामा छन् । नियमित औषधिको सेवनले अकालको मृत्युलाई जोगान सकिने भएपनि सामाजिक रुपमा लाग्ने लाञ्छनाका कारण उनीहरु खुल्न नसकेको यथार्थ हाम्रा सामु छ । यसले एकातर्फ उनीहरुलाई रोगको औषधि उपचारमा कठिनाई पैदा गरेको छभने अर्कोतर्फ लुकेर रहेका संक्रमितहरुका कारण रोग थप फैलन सक्ने सम्भावनालाई बढाईदिएको छ । एच.आई.भी आफैमा रोग होईन यो रोग लागेपछि शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर पारेर अन्य रोगहरुको संक्रमणले रोगीको ज्यान जाने हो । यो रोगले नेपालका कुनैपनि समुदायलाई छोडेको छैन् । चाहे घराना हुन या मजदुर सबै बर्गका मानिसमा रहेको यो रोगलाई हाम्रो नजरले गलत रुपमा चित्रण गर्दा संक्रमितको समस्या दिन दुई गुना र रात चौगुना बढेको छ । हामी सचेत बनौ एच.आई.भी संक्रमितहरुलाई खुल्नको लागि समुदाय स्तरमा लगाईने लान्छनाको अन्त्य गर्दै सवल समाजको निर्माणमा जुटौं ।
Previous Articleहिंसाविरुद्वको अभियानबारे
Next Article २०७४ मंसिर १८ गते सोमबारको राशिफल