काठमाडौं, १७ मंसिर – प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभर बम विस्फोटका घटना बढ्दै छन् । शीर्ष नेतालक्षित विस्फोट र आक्रमणका घटना भइरहे पनि सरकार लचिलो देखिएको छ ।
गृहसचिव मोहनकृष्ण सापकोटाले विस्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको बताए । ‘सो पार्टीले चुनाव बिथोल्ने घोषणा गरेको छ र विस्फोटका घटनामा पनि त्यही दल दोषी छ भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने । आफ्नो संलग्नता छैन भनेर विज्ञप्ति ननिकाल्नुले पनि विप्लवको संलग्नता पुष्टि हुने उनले दाबी गरे ।
सचिव सापकोटाले विप्लव नेतृत्वको पार्टीले अन्य समूहलाई पनि परिचालन गरेको दाबी गरे । ‘शुक्रबार धादिङबाट दुई भारतीय नागरिक हतियार र विस्फोटक पदार्थसहित पक्राउ परे, उनीहरूलाई समेत विप्लव समूहले नै प्रयोग गरेको हुन सक्छ,’ उनले भने ।
आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार
गृह मन्त्रालयले पहिलो चरणको निर्वाचन सुरक्षाको अनुभवका आधारमा रणनीति परिवर्तन गरेको जनाएको छ । प्रवक्ता नारायणप्रसाद दुवाडीले नयाँ सुरक्षा रणनीति लागू भइसकेकाले निर्वाचनविरुद्धका घटना रोकिने विश्वास व्यक्त गरे ।
निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार दिएको र सुरक्षा निकायलाई थप आक्रामक रूपमा प्रस्तुत हुन निर्देशन दिएको गृहसचिव मोहनकृष्ण सापकोटाले बताए । मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गरी विस्फोटका घटना अब पूर्ण रूपमा नियन्त्रणमा आउने जनाएको छ ।

CAUCUSUS---SLUG: Ingushetia DATE: October 8, 2009 CREDIT: Andrea Bruce LOCATION: Ingushetia, russia CAPTION: Guns are shot in the air to celebrate the wedding party for Medina Khamkoyeva. The wedding took place in a wealthy but traditional Ingushetia home. Ingushetia is one of Russia's poorest and most restive regions. The ongoing military conflict in neighboring Chechnya has occasionally spilled into Ingushetia, and the republic has been destabilized by corruption and a number of high-profile crimes. ( NOT FOR RESALE OR DISTRIBUTION--contact Andrea at andrea@andreabruce.com if there are inquiries) StaffPhoto imported to Merlin on Sun Oct 18 08:20:02 2009