म्याग्दी, १४ मंसिर– करिव आधादशक अगाडी मौरीपालन सुरू गरेका मंगला गाउँपालिका–१ कुहुँ मौलाथरका गोविन्द खत्रीले तीनमहिना अगाडी नै ग्राहकबाट अग्रिम ८० घार मौरीको पेश्की बुझे । प्रतिघार मौरीसहित ८ हजारमा बिक्री गरेका खत्रीलाई थप ४९ घार मौरीको माग समेत आएपछि भ्याईनभ्याई छ । यसबर्ष उनले १ सय ५० घार सहित मौरी विक्री गर्ने बताएका छन् । घारसहितको मौरीजस्तै महको समेत अग्रिम बुकिङ हुन थालेपछि खत्री उत्साहित छन् । ‘उत्पादन नहुदैं खरिद गर्न आउने थालेका छन् । एकपटक आएका ग्राहकले पटकपटक माग गर्छन्’ खत्रीले भने । बैदेशीक रोजगारको सिलसिलामा डेढ दशक साउदी अरब र इराकमा विताएर घर फर्किएका खत्रीले घरायसी प्रयोजनका लागि छिमेकी बेनी नगरपालिका–५ पुलाचौरको डडुवाबाट प्रतिघार ३५ सयको दरमा ल्याएका घारबाट ब्यवसायीक सम्भावना देखेपछि चारबर्ष अगाडी सुरू गरेको मौरीपालनबाट खत्रीले हरेकबर्ष विस्तार गरिरहेका छन् । पहिलोबर्ष १० हजार आम्दानी गरेका खत्रीले गतबर्ष १४ लाखको विक्री गरेको बताए ।
‘अडर पु¥याउन सकेको छैन, घरबाटै विक्री हुन्छ’ खत्रीले भने । दुईबर्षसम्म बजारको खोजी गर्नुपर्ने अवस्था भएपनि अहिले यूरोपका विभिन्न देशमा जाने म्याग्देलीले समेत कोशेलीको रूपमा प्रयोग गर्ने गरेको बताए । उनले ४ लाख खर्च कटाएर १० लाख आम्दानी गरेको बताउँछन् । उनको अभियानमा दुईछोराले साथ दिएका छन् । बैदेशिक रोजगारमा जान लागि परिवार र आफन्तले अनुरोध गर्दा समेत घरमै मौरीपालन सुरू गरेका खत्रीले गाउँलाई मौरीको पकेट क्षेत्र बनाउन सफल भएका छन् । विना तालिम र अनुदानमा मौरीपालन सुरू गरेका खत्रीले केही महिना मौरीले टोक्दा गाउँमा समेत सबैले हाँसोठट्टा गर्ने गरेको भएपनि अहिले मौरी नै साथी भएको बताउँछन् । ‘मेरो घरको कमाई मात्रै होईन्, मौरी प्यारो साथी भएको छ’ उनले भने । घारबाट सहजै मौरी निकाल्ने गरेका खत्रीले विहानै देखी रातीसम्म मौरीको सेवा गर्ने गरेकाले पनि परिवारजस्तै भएको बताउँछन् ।
‘यसबर्ष १७ लाख आम्दानी गर्ने लक्ष्य छ, मैले घरमै कमाउने पैसा विश्वको कुनैपनि मुलुकमा पुगेर कमाउन सक्दैन्’ खत्रीले भने । उनले अमेरिका, दक्षिण कोरिया, अस्टे«लिया, यूके लगाएत विश्वका ठुला मानिएका देशमा पुगेका यूवाहरूले समेत कमाईका बारेमा जिज्ञासा राख्ने गरेको बताउँदै आफ्नो कमाईभन्दा धेरै भएको बताउँदा थप उत्साहित हुने गरेको बताए । गतबर्ष १ सय ८० केजी मह, ११० वटा घार सहित मौरी विक्री गरेका खत्रीसंग ८५ वटा घार रहेका छन् । घरगोठ र आसपासका खेतबारी, छिमेकी र आफन्तको घरदैलोमा समेत मौरीका घार राखेका खत्रीले मौरीको चरनक्षेत्र बनाएका छन् । आसपासका क्षेत्रमा रहेको लालिगुराँसको जंगल, घर नजिकै रहेको पैयूको बोट, खेतबारीमा तोरीखेतीबाट समेत चरनमा सहज भएको भएको गोविन्द क्षेत्रको भनाई छ ।
Previous Articleसरकारले कार्यकर्तालार्इ बाँड्याे १६ कराेड
Next Article सामुदायिक होटल संचालनमा