पहिलो चरणको निर्वाचन तालिका अनुसार गत आईतवार बागलुङमा प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएको छ । छिटफुट कार्याकर्ताहरु बिचमा भएका घटना बाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको निर्वाचनको नतिजाको लागिभने आम सर्वसाधारणले अझै केही दिन प्रतिक्षा गर्नुपर्ने छ । निर्वाचन आयोगको निर्णय अनुसार दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मात्रै मतगणनाको काम सुरु हुने छ । मतगणनाबाट आएको परिणमलाई दलहरुले स्विकार गरेर जिल्ला बाट २ जना प्रतिनिधि सभा र ४ जना प्रदेश सभामा प्रतिनिधित्व गर्ने छन् । जसको नतिजा मंसिरको अन्तिम साताले बताउँला । कार्यकर्ताहरुका बिचमा सतर्कता हुन नसक्दा भएका घटनालाई एक पाटोमा राखेर हेर्ने होभने बागलुङमा चुनाव शान्तिपुर्ण रुपमा सम्पन्न त भयो तर यो चुनावले पनि राज्यको कर्मचारीतन्त्रको दादागिरीपनलाई भने कायम राखेर छोडेको छ । निर्वाचनको समयमा भएका हरेक खालका गतिबिधि आम सर्बसाधारणको बीचमा पु¥याउने भनेको आमसञ्चार माध्यामले हो । निर्वाचनमा भएका कमिकमजोरीदेखी सबल पक्षको ब्याख्या र बिष्लेशण तत्काल गर्ने पनि यिनै आम सञ्चारमाध्याम हुन तर यो निर्वाचनमा पनि बिगतका केही निर्वाचनमा जस्तै आम सञ्चार माध्यामका प्रतिनिधिहरु प्रतिको दुर व्यवहारलाइ कर्मचारी र प्रहरी प्रसासनले कायम राखेको छ । निर्वाचनको लागी समाचार संकलनमा खटिएका जिल्लाका केही पत्रकारहरुलाई समाचार संकलनमा रोक लगाउने, तस्विर खिच्नमा रोक लगाउने र मतदान स्थलको अनुगमनमा रोक लगाउने काम मतदान अधिकृत तथा प्रहरी प्रशासनबाट भएको गुनासो आएको छ ।
यदि त्यसो भएको हो भने यो समाचार संकलनमा गएका प्रेस प्रतिनिधिको रोक मात्रै नभएर आम सर्वसाधारणको सुचना पाउने अधिकार कुण्ठित गर्ने प्रयास हो । मतदान स्थलमा पुगेका प्रतिनिधिले त्यहाँको बस्तुस्थितिलाई श्रव्यदृष्य र लिपिबद्ध गरेर उतार्न नदिँदा आम सर्वसाधारणमा पुग्ने सुचना कुण्ठित भएको छ । पत्रकार तथा संचारकर्मि माथि ठाउँ–ठाउँमा दुब्यबहार समेत भएका छन् यस्ता कार्य तत्काल बन्द गर्न जरुरी छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने निर्वाचनमा जनताको आवाज बोक्ने सञ्चार माध्यामलाई गरिएको निषेध दुर्भाग्य पुर्ण हो । बागलुङको सन्दर्भमा निर्वाचनको मौन अबधि सुरु भएपछि अनुगमनका लागि जिल्लामा आएका निर्वाचन आयोगका आयुक्त इस्वरी प्रसाद पौडेलले कुनैपनि बहानामा पत्रकारहरुलाई नरोक्न निर्देशन दिएको भएपनि त्यसको ठाडो उलंघन कर्मचारी र प्रहरी प्रशासनले गरेको छ । निर्वाचन आयोगले दिएको अधिकारलाई समेत कुण्ठित गर्दै भएको दुव्र्यवहार र प्रबेश रोकको बिषयमा निष्पक्ष छानविन गरेर कार्वाही गर्न जरुरी छ ।
घटनाको बिषयमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङले बिज्ञप्ती मार्फत आपत्ति जनाईसकेको अवस्थामा सरोकारवाला निकायले घटनाको छानविन भने थालेको छैन् । मतदान केन्द्रमा प्रबेश गर्न लागेका पत्रकार तथा सञ्चार संस्थाका प्रतिनिधिहरुले कानुन बिपरितको काम गरेका भए उनीहरु उपर कार्वाही गर्ने अधिकार कानुनलाई छ । तर सर्वसाधारणका लागि सुशुचित गर्न मतदान केन्द्र पुगेका सञ्चार संस्थाका प्रतिनिधि माथि भएको दुव्र्यवहार र मतदान स्थलमा लगाईएको प्रबेश रोकको बिषयमा आवस्यक छानविन गरी दोशी उपर कार्वाहीको प्रक्रिया थाल्न जरुरी छ ।
Previous Articleगोलाप्रथाबाट मतदान केन्द्र छनोट
Next Article बालबच्चाको शिक्षाका दिल खोलेर सहयोग गरे प्रवासीले