बागलुङ, १२ मंसिर – मानव शरीरको संरचनाले हामीलाई आश्चर्यमा पारिदिन्छ । हरेक अंगको संरचना र कार्यप्रणाली व्यवस्थित तथा एकअर्काबाट फरक छ तैपनि सबै अंग मिलेर शरीरलाई राम्रो तरिकाले सञ्चालन गर्छन् । हाम्रा शरीरका सबै अंगका आफ्नै विशेषता छन् ।
यस्तै एक विशेष अंग ओठ हो । यसले शरीरको सुन्दरता बढाउँछ अनि अनौठो रंग पनि यसको विशेषता हो । हामी काले, गोरे, खैरे जस्तो वर्णको भएपनि हाम्रो ओठको रंग छालाको रंगभन्दा पूरै फरक हुन्छ ।
छालामा अनेकौं पत्र हुन्छन् । सबभन्दा बाहिरी पत्रलाई एपिडर्मिस भनिन्छ भने सबभन्दा भित्रीलाई डर्मिस । एपिडर्मिसमा अर्को एक पत्र पनि हुन्छ जसले छालालाई सुरक्षा दिन्छ । त्यसलाई स्ट्रेटम कोर्नियम भनिन्छ ।
छालामा भएको यो पत्रको मोटाइ धेरै हुन्छ तर ओठमा यो पत्र एकदमै पातलो हुन्छ । स्ट्रेटम कोर्नियम ओठमा पातलो पत्रका रूपमा रहने कारणले नै ओठको रंग शरीरका बाँकी अंगभन्दा फरक रंगको हुन्छ । ओठको स्याहार गरेर त्यसको प्राकृतिक गुलाबी रंग कायम गर्नु तपाईंको कर्तव्य हो । एजेन्सी
Previous Articleचुडामणि शर्मा एक करोड धरौटीमा रिहा
Next Article ओली र म नै कार्यकारीमा – प्रचण्ड