लण्डन, १२ मंसिर – बेलायती राजकुमार ह्यारीको अमेरिकी एक नायिकासँग विवाह हुने सुनिश्चित भएको छ । अमेरिकी महिला मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए ।
राजकुमार ह्यारीले मार्कलसँग मंगनी गरेर सोमबार दुई जनाको संयुक्त फोटो सार्वजनिक गरेका छन् । प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मार्कलको फोटो गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक भएको थियो ।
एक विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएको बारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मार्कलको बाबुआमाको आशीर्वाद पनि पाएको बताएका छन् ।
उनीहरुले आगामी केही महिनापछि विवाह गर्ने तयारी छ भने विवाहपछि केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने भएका छन् । (रासस/एएफपी)
Previous Articleअजय देवगनसँग रोमान्स गर्दै तब्बू !
Next Article चुडामणि शर्मा एक करोड धरौटीमा रिहा