गुल्मी, १२ मंसिर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गुल्मी क्षेत्र नं.–१ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार चन्द्र भण्डारीले यस पटक भने चुनाव हार्ने तथ्य बाहिर आएका छन् । ०७० सालमा सम्पन्न दोस्रो संविधान सभामा निकै कष्टपूर्ण संघर्षले चुनाव जितेपनि यस पटक धेरै कारणले उनले चुनाव हार्ने तथ्य काँग्रेस कार्यकर्ता वताउन थालेको छन । अघिल्लो निर्वाचनमा भण्डारीले गरेका बाचा अनुसार कुनै पनि काम अगाडी बढ्न नसक्नु नै उनको हारको मुख्य कारण बन्ने नेपाली काँग्रेसका एक कार्यकर्ताले वताए ।
भण्डारीले आफुले पुरा गर्न सक्ने भन्दा पनि वढि महत्वकाँक्षी योजनाहरु बताउने तर काम गर्न नसक्नाले उनलाई यसपटक मतदाताले नपत्याउने बारेमा पार्टी भित्रै गम्भीर छलफल चलेको छ । काम भन्दा वढी सस्तो प्रचारवाजीमा रमाउने भण्डारी प्रवृतिका कारण यस पटकको निर्वाचनमा प्रदिप ज्ञवालीका सामु चन्द्र भण्डारी विकासका बारेमा नक्कली, राजनितिक तथा बैचारिक सम्बन्धमा निकै कमजोर सावित भएकाले काँग्रेसी कार्यकर्ताले हार स्वीकार गरिसकेको खुल्न आएको छ ।
उनले अघिल्लो निर्वाचनमा जे पनि गर्छु भन्दै हिडेकाले अहिले ति कामहरु गर्न नसक्दा कार्यकर्ताकहाँ सम्म पुग्न पनि उनलाई निकै समस्या भएको छ । अघिल्लो निर्वाचनमा भण्डारीले मुख्य नारा बनाएको सालझण्डी–तम्घास फास्ट ट्रयाक र रिडीमा बन्ने भनिएको तिनमुखे पुल उनले नाम जोडे पनि कामले भने कुनै गति लिएको छैन ।
ति मुख्य योजनाहरु उनि संसद बन्नु पूर्व टोपबहादुर रायमाझीले प्रदिप ज्ञवालीको दबाबमा समावेस गरीएको बताएपछी चन्द्र भण्डारीको दावि हावादारी गफ सावित भएका छन् । अघिल्लो पटक विकासे नाराको रुपमा अगाडि सारिएका कामले गति लिन नसके पछी कार्यकर्ताहरु जनता सामु के भनेर मत माग्न जाने भनेर समस्या भएको बताउछन् ।
नैतिक संकटमा नेता देखि कार्यकर्तासम्म
अघिल्लो निर्वाचनमा निकै झुटो प्रचार बाजी गरेर मत मागेकाले यस पटक अघिल्लो निर्वाचनमा हिडेका नेता तथा कार्यकर्ता आलोचनाबाट जोगीनलाई अर्को निर्वाचन क्षेत्रमा गएर मत माग्ने गरेका छन् । मतदाताले प्रश्न उठाए के उत्तर दिने भन्ने चिन्ताले उनिहरुले भण्डारीको साथ छोडेका छन् ।
जस्तो सुकै काम पनि मैले गर्छु गरेको हुँ भन्ने अनि काम केहि नगर्ने उनको मुख्य स्वभाव भएकाले अहिले उनका पार्टीका जिल्ला तहका नेताहरुलाई उनको निर्वाचन क्षेत्रमा हिड्न समस्या परेको बताउछन् । अघिल्लो निर्वाचनमा निकै उत्सहपूर्वक हिड्ेका काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी उनको झुटो आश्वासनका कारण पछाडी लाग्न छाडेका छन् । काँगे्रस जिल्ला सचिव खिलध्वज पन्थीले प्रदेशसभा सदस्य पदमा उम्मेदवारी नपाउनुमा चन्द्र भण्डारीले खेलेको असहयोगी भुमिका मुख्य कारण रहेको बुझाई काँगे्रस नेता कार्यकर्ताहरुमा व्याप्त छ ।
भण्डारीले उनलाई अघिल्लो निर्वाचनमा मुख्य योजनाकार बनाएरसँगै चुनावी अभियानमा राखेका थिए तर अहिले उनले पनि साथ छोडेपछी अन्य कार्यकर्ताहरुले भण्डारीको साथ छोडेर अर्को निर्वाचन क्षेत्रमा जाने वा तटस्थ बस्ने निर्णय लिएका छन् । उनको निर्वाचन क्षेत्रमा जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले समेत औपचारिकता पुरा गर्न निकै कम समय मात्र दिएका छन ।
स्थानीय तहको निर्वाचनमा भुवन श्रेष्ठले काँगे्रसले आफ्नो विरासत ठान्दै आएको रेसुङ्गा नगरपालिकाको मेयर पदमा समेत पराजय भोग्नुका पछाडी चन्द्र भण्डारीले भविष्यमा आफ्नो राजनितिक प्रतिस्पर्धी जन्मन नपाओस भनेर असहयोग गरि हराएको जिम्मेवार काँगे्रस कार्यकर्ताहरु बताउँछन् । त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र निर्धारणका क्रममा समेत काँगे्रसका नेताहरु रहेको क्षेत्र प्रतिनिधि सभा क्षेत्र नं.–२ मा समावेस गराएर भण्डारीले काँगे्रस भित्र एक्लो बृहस्पती बन्न चलखेल गरेको आरोप भण्डारी माथी छ ।
संविधान संशोधनमा भण्डारीको दोहोरो चरित्र
पाँच नम्बर प्रदेश टुक्राउने विषयको विपक्षमा चर्को रुपले देखा परेका भण्डारी अन्ततः संविधान संसोधनको पक्षमै उभिए । एकाएक संविधान संशोधनको पक्षमा भण्डारीले हस्ताक्षर गरेपछी भारतीय दबावका सामु घुँडा टेकेको लुम्विनीको काँगे्रस वृतमा त्यतिबेलै चर्चा चलेको थियो । उनी त्यहि कारण पनि पार्टीमा बिश्वासिला पात्र मानिदैनन् ।
मुसा प्रवृतिका भण्डारी
नेपाली काँगे्रसका ततकालिन सभापति गिरीजाप्रसाद कोइरालाका विश्वास पात्र भएर मनग्य लाभ उठाएका भण्डारी पछील्लो पटक रामचन्द्र पौडेलको दाहिने हात बनेर प्रभाव र रवाफ जमाउने प्रयास गरे तर काँगे्रसको गत महाँधिवेसनमा कोईराला क्याम्प छोडेर एकाएक देउवा क्याम्पमा पुगेर केन्द्रीय सदस्य बन्न सफल भए । महाँधिवेसनमा कुनैबेला आफैले आदर्श पुरुष ठानेका पौडेलका विरुद्ध भण्डारीले मोर्चाबन्दी गरेर देउवालाई जिताउन सहयोग गरे । यसले काँगे्रस भित्र उनी अविश्वासिलो बन्दै गएको उनकै समकक्षी एक काँगे्रस केन्द्रीय सदस्य बताउँछन ।
ती सदस्यका अनुसार भण्डारी पिपलपाते र मुसा प्रवृती चरित्रका कारण कसैको पनि विस्वास आर्जन गर्न सकेका छैनन । केन्द्रमा देउवा पक्षिय भनेर चिनिए पनि भण्डारी देउवा पक्षिय युवा नेताहरुको बिचमा अलोकप्रिय एवं अवसरवादी चरित्रको रुपमा चित्रित छन । केन्द्रमा देउवा पक्षिय भनिए पनि जिल्लामा चाँही आफ्नो स्वार्थका लागी सँस्थापन निकट हुन समेत पछि नपर्ने काँग्रेसका स्थानीय नेताहरु बताउँछन ।
जम्बो मन्त्रीमण्डलमा अटाएनन भण्डारी
०७० सालको निर्वाचनमा गुल्मेली जनता सामु मन्त्री बन्नका लागी भनेर मत मागेका भण्डारी पटक पटक गठन भएका कुनै पनी सरकारमा अटाउन सकेनन । यतीसम्म की आफ्नै पार्टीका सभापती देउवा नेतृत्वको इतिहासकै सबैभन्दा जम्बो ६४ सदस्यीय मन्त्री मण्डलमा पनी उनी अटाउन नसकेपछी उनको राजनैतिक हैसीयतमा ठुलै प्रश्न उठेकोछ । जम्बो मन्त्रीमण्डलमा पनी उनको नाम नदेखेपछी गुल्मेली काँगे्रसजनहरु भण्डारीका गफैमात्र रहेछन भनेर मतदातासँग मत माग्न हिच्किचाएका छन् ।
टिकट किनबेच प्रकरण
यस पटकको निर्वाचनमा प्रदेशसभा उम्मेदवारको टिकट मोटो रकम असुल गरी किनबेच गरेको आरोप कार्यकर्ताहरुले भण्डारी माथी लगाएका छन् । प्रदेशसभा उम्मेदवार छनोट गर्ने क्रममा जिल्ला तहमा बसेर काम गर्ने नेताहरुलाई अबसर नदिई उनले पैसा र आफनो नितान्तै ब्यक्तिगत स्वार्थ पुरा गर्ने उदेश्यले टिकट दिन पार्टी भित्र लबिङ्ग गरेको आरोप छ । काँग्रेस भित्रका सक्रिय कार्यकर्ता भन्दा पनि व्यवसायी फाँटबाट उम्मेदवार बनाएर उनले ठुलो रकम आफ्नो चुनावी खर्चमा लगाउने उदेश्यले किनबेच गरेको उनका कार्यकर्ताहरु बताउँछन । सोहि उम्मेदवारी छनोट बिषयलाई लिएर काँग्रेसभित्रै निकै ठुलो खटपट चलेको छ । जसले गर्दा यो पटकको निर्वाचनमा उनको प्रचारमा हिड्नेहरु कम छन् ।
उनले टिकट किनबेचमा उठाएका उम्मेदवारहरु पैसावाला तर मतदातासँग अपरिचित, के बोल्ने, कसरी मत माग्ने सम्मको कुनै ढंग नभएका हुनाले काँगे्रसको हारलाई मलजल भएको निष्ठावान एवं इमान्दार कार्यकर्ताहरुको बिश्लेषण रहेको छ । प्रदेश सभा सदस्य उम्मेदवार छनोटसँगै ति उम्मेदवारहरुको बारे मतदाताहरुले चिन्दैनन् कसरी मत दिन्छन् त भन्ने बारे काँग्रेस भित्रै निकै ठुलो बसह चलेको थियो ।
पैसा र प्रलोभनको प्रोपोगण्डा
भण्डारीले अघिल्लो निर्वाचनमा पैसा र प्रलोभनमा फसाएर चुनाव जितेपनि यसपटक मतदाताले बुझेको उनकै कार्यकर्ताहरु बताउँछन् । एक पटकलाई जसरी हुन्छ ढाँटियो, मतदाता उनै हुँन सधै कसरी ढाट्न सकिन्छ ? भन्दै कार्यकर्ताहरु मतमाग्न हिड्न छोडेका छन् ।
अघिल्लो निर्वाचनमा मत किन्न ठुलो रकम खर्चिएका भण्डारीलाई यस पटक पैसाले पनि साथ नदिने कार्यकर्ताहरुले बताउँछन् । ढाँट्न छल्न धेरै अनुभवी मानिएका भण्डारीले जनतालाई अलपत्र पार्ने भएकाले पैसा खर्चिए पनि जनताले मत नदिने उनैका पार्टीका कार्यकर्ताहरुको बुझाई छ ।
उनले जिल्लामा भएका कुनै पनि बिकासका काममा आफनो नाम जोडिहाल्ने बानीले झनै नैतिक संकट थपेको बताउछन् । बोटेमाझी बस्तीमा जनता आवास भनेर आफ्नै खल्तीबाट पैसा ल्याएर बनाएझँै गरी प्रचार गर्ने भण्डारीको झुटको खेती बोटे माझीहरुले पनि बुझेको बताउँछन् । अघिल्लो चुनावमा जालझेलमा परेर भण्डारीलाई मत दिएकाहरु पनि आश्वासन अनुसार काम नहुँदा मत खेर गएको र अघिल्लो निर्वाचनमा आफुहरु झुक्किएको बताउँछन् ।
यी ६ कारणले कमजोर भए गुल्मीमा चन्द्र भण्डारी
Previous Articleखर्चिलो बन्दै निर्वाचन
Next Article नेपाल बदलिने छ, तपाईंको एक मतले…..