हुम्ला, १२ मंसिर– हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ । मंगलबार बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि ९एन एबीएम कलसाइनको विमान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटद्वय वसन्त लामा र अनुप गुरूङ रहेका छन् । अन्य तीनजना चुनाव सकेर फर्किँदै गरेका प्रहरी रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । घाइतेहरूको हुम्लाकै सिमकोटमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले जानकारी दिए । अस्पतालका अनुसार घाइतेहरूको अवस्था सामान्य छ , दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति पुगेको छ । विमान धावनमार्गको छेउबाट तल्लोपट्टि खसेको छ ।
Previous Articleजित्ने दलहरुको आ–आफ्नै दाबी
Next Article बागलुङमा कुन कुन वडामा कति कति मत खस्यो