तारानाथ आचार्य/बागलुङ, १२ मंसिर– जिल्लामा आईतवार सम्पन्न निर्वाचनको प्रारम्भिक तथ्याङक अनुसार जम्मा ६५ प्रतिशत मात्रै मतदाताले मतदान गरेका छन् । शन्तिपुर्ण रुपमा सम्पन्न भएको मतदानमा सहभागी मतदाता भने निकै उत्साहि रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा रहेका १ लाख ६७ हजार २ सय ६२ मतदाता मध्ये १ लाख ३ हजार ७ सय ८१ मतदाताले मतदानमा सहभागिता जनाएका छन् । प्राप्त बिबिरण अनुसार जिल्लाको क्षेत्र नं १ को १ मा रहेको कुल मतदाता संख्या ४५ हजार ४ सय २८ मध्य जम्मा ३० हजार ७ सय ८६ मतदाताले निर्वाचनमा सहभागीता जनाएका छन् । जसमध्य बागलुङ नगरपालिका १ मा रहेका १ हजार ६ सय ५ मतदाता मध्य १ हजार १ सय २८ जनाले मात्रै मतदान गरेका छन् ।
बानपा २ बाट १ हजार ८ सय ५ मध्य १ हजार २ सय १९, बानपा ३ बाट ४ हजार २ सय ९८ मध्य २ हजार ८ सय ५, बानपा ४ बाट २ हजार ५ सय ६ मध्य १ हजार ७ सय ३१, बानपा ५ बाट १ हजार ८ सय ६७ मध्य १ हजार ३ सय २०, बानपा ६ बाट २ हजार ५७ मध्य १ हजार ४ सय २१, बानपा ७ बाट २ हजार ८ सय ९९ मध्य १ हजार ९ सय १२ बानपा ८ बाट २ हजार ९३ मध्य १ हजार ३ सय ७८ बानपा ९ बाट ३ हजार १ सय १४ मध्य १ हजार ९ सय ९६, बानपा १० बाट २ हजार ८ सय ८० मध्य २ हजार १७ र बानपा ११ बाट १ हजार ६ सय ८४ मध्य १ हजार १ सय ४८ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै क्षेत्र नं १ को १ मा पर्ने काठेखोला गाउँ पालिका १ बाट १ हजार ९ सय २८ मध्य एक हजार ३ सय ३२, काठेखोला २ बाट २ हजार ५ सय ६६ मध्य १ हजार ७ सय ४४, काठेखोला ३ बाट १ हजार ८ सय ३७ मध्य १ हजार २ सय ३२, काठेखोला ४ बाट २ हजार ७ सय ६८ मध्य २ हजार ७३, काठेखोला ५ बाट २ हजार २ सय ८१ मध्य १ हजार ४ सय ३८,काठेखोला ६ बाट १ हजार ९ सय ५२ मध्य १ हजार २ सय ३३, काठेखोला ७ बाट ३ हजार ३ सय २३ मध्य २ हजार ३ सय, काठेखोला ८ बाट १ हजार ९ सय ६५ मध्य १ हजार ३ सय ५९ मत खसेको छ ।
यसैगरी जिल्लाको क्षेत्र नं १ को २ मा रहेका कुल मतदाता संख्या ४१ हजार ३ सय २८ मध्य २५ हजार ६ सय ७१ जनाले मात्रै मतदानमा सहभागीता जनाएका छन् । जसमध्य बानपा १२ बाट ३ हजार ७ सय ३ मध्य २ हजार ४ सय १०, बानपा १३ बाट ४ हजार ५६ मध्य २ हजार ५ सय ७२, बानपा १४ बाट २ हजार ४ सय ३८ मध्य १ हजार ५ सय ९२ मत खसेको जानकारीमा आएको छ । यस्तै जैनपा १ बाट २ हजार ४ सय २ मध्य १ हजार ४ सय १०, जैनपा २ बाट २ हजार १ सय ४६ मध्य १ हजार १ सय ९७, जैनपा ३ बाट १ हजार ५ सय ६१ मध्य ९ सय ५७, जैनपा ४ बाट १ हजार ७ सय २९ मध्य १ हजार ४२, जैनपा ५ बाट १ हजार ७ सय ७५ मध्य १ हजार १ सय ४४, जैनपा ६ बाट १ हजार ४ सय ४६ मध्य ८ सय ९२, जैनपा ७ बाट २ हजार ९ सय ६७ मध्य १ हजार ६ सय २४, जैनपा ८ बाट ३ हजार १ सय ६४ मध्य १ हजार ७ सय ६६, जैनपा ९ बाट २ हजार ४ सय ७३ मध्य १ हजार ६ सय ३०, र जैनपा १० बाट २ हजार ६ सय मध्य १ हजार ५ सय २३ मत खसेको मतदान अधिकृतहरुले जनाएका छन् । त्यस्तै बरेङ गापा १ बाट २ हजार ३ सय मध्य १ हजार ५ सय २३, बरेङ गापा २ बाट २ हजार ६ सय २१ मध्य १ हजार ७ सय २८, बरेङ गापा ३ बाट २ हजार २ सय १२ मध्य १ हजार १ सय ९४, बरेङ गापा ४ बाट १ हजार ५ मध्य ५ सय ५० र बरेङ गापा ५ बाट ७ सय २० मध्य ४ सय ४२ मत खसेको जनाईएको छ । यसैगरी ४७ हजार २ सय ८६ मतदाता रहेको जिल्लाको क्षेत्र नं २ को १ मा ३० हजार २ सय ९९ जनाले मात्रै मतदानमा सहभागीता जनाएका छन् ।
बडिगाड गापा १ बाट १ हजार ७ सय २८ मध्य १ हजार ३ड, बडिगाड गापा २ बाट १ हजार ६ सय ७० मध्य १ हजार ६६, बडिगाड गापा ३ बाट १ हजार ३ सय ६५ मध्य ८ सय ९५, बडिगाड ४ बाट २ हजार ३ सय ७७ मध्य १ हजार ३ सय ५४, बडिगाड ५ बाट २ हजार ७ सय ८५ मध्य १ हजार ६ सय २७, बडिगाड ६ बाट १ हजार १ सय २१ मध्य ७ सय २३, बडिगाड ७ बाट २ हजार ५२ मध्य १ हजार २ सय ७, बडिगाड ८ बाट १ हजार ७ सय २२ मध्य १ हजार ५६, बडिगाड ९ बाट १ हजार ५ सय १४ मध्य ९ सय ७, बडिगाड १० बाट १ हजार ६ सय ८६ मध्य १ हजार ४१, मत खसेको प्रारम्भिक तथ्याङक छ । यस्तै गनपा १ बाट २ हजार ७ सय ८१ मध्य १ हजार ६ सय ३, गनपा २ बाट २ हजार ७८ मध्य १ हजार २ सय ३१, गनपा ३ बाट २ हजार ६ सय १० मध्य १ हजार ६ सय ४२, गनपा ४ बाट १ हजार ७ सय ५ मध्य १ हजार ९०, गनपा ५ बाट १ हजार ९ सय ४० मध्य १ हजार २ सय ६२, गनपा ६ बाट १ हजार ४ सय २७ मध्य ९ सय ७१, गनपा ७ बाट १ हजार ४ सय ८१ मध्य १ हजार १७ , गनपा ८ बाट १ हजार ६ सय ४४ मध्य १ हजार ४०, गनपा ९ बाट १ हजार ६ सय १२ मध्य ९ सय ९५, गनपा १० बाट १ हजार ७ सय ९ मध्य १ हजार २ सय ५० र गनपा ११ बाट २ हजार ५ सय ५९ मध्य १ हजार ६ सय ३० मतदाताले मतदानमा सहभागीता जनाएका छन् ।
यस्तै ताराखोला गापा १ बाट १ हजार ६ सय ५० मध्य १ हजार १ सय ७४, ताराखोला गापा २ बाट १ हजार ५ सय ९२ मध्य १ हजार २ सय ९५, ताराखोला गापा ३ बाट १ हजार ७ सय २० मध्य १ हजार ३०, ताराखोला गापा ४ बाट १ हजार ६७ मध्य ८ सय ९६, र ताराखोला गापा ५ बाट १ हजार ६ सय ६९ मध्य १ हजार २ सय ५९ मत खसेको जानकारी प्राप्त भएको छ । त्यस्तै जिल्लाको क्षेत्र नं २ को २ मा पनि मतदाताले उत्साह पुर्वक मतदान गरेका छन् । ३३ हजार २ सय ४० मतदाता रहेको सो क्षेत्रमा २१ हजार ९ सय ९४ मतदाताले मात्रै मतदानमा सहभागीता जनाएका छन् । जस मध्य ढोनपा १ बाट १ हजार ४ सय ६ मध्य १ हजार ३ सय ६२ , ढोनपा २ बाट १ हजार ८ सय १७ मध्य १ हजार १ सय ८८ , ढोनपा ३ बाट १ हजार ६ सय २ मध्य १ हजार ४९ , ढोनपा ४ बाट २ हजार १ सय १८ मध्य १ हजार ४ सय ४१, ढोनपा ५ बाट १ हजार ८ सय १२ मध्य १ हजार २ सय १५ , ढोनपा ६ बाट १ हजार ८ सय ९८ मध्य १ हजार ३ सय ५१, ढोनपा ७ बाट १ हजार ७४ मध्य ७ सय ७२ , ढोनपा ८ बाट १ हजार ३४ मध्य ७ सय ८६ र ढोनपा ९ बाट ९ सय १० मध्य ६ सय १९ मत खसेको छ । त्यस्तै निसिखोला गापा १ बाट २ हजार ९२ मध्य १ हजार २ सय ७४, निसिखोला गापा २ बाट २ हजार २ सय ६४ मध्य १ हजार ८५, निसिखोला गापा ३ बाट १ हजार ९ सय ४७ मध्य १ हजार २ सय ५५, निसिखोला गापा ४ बाट १ हजार ६ सय १ मध्य १ हजार ७, निसिखोला गापा ५ बाट १ हजार ८ सय ८० मध्य १ हजार १ सय ९९, निसिखोला गापा ६ बाट १ हजार ७ सय ५४ मध्य १ हजार १ सय ८२ र निसिखोला गापा ७ बाट १ हजार ५ सय ७२ मध्य ८ सय ५६ मत खसेको छ ।
यस्तै तमान खोला गापा १ बाट १ हजार ७ सय ९७ मध्य १ हजार ९७, तमानखोला गापा २ बाट १ हजार ४ सय २९ मध्य ९ सय ९६, तमानखोला गापा ३ बाट १ हजार ६२ मध्य ७ सय ६२, तमानखोला ४ बाट ७ सय ५० मध्य ४ सय ७९, तमानखोला ५ बाट ९ सय ७ मध्य ६ सय ५० र तमानखोला ६ बाट ५ सय ४९ मध्य ३ सय ६९ मत खसेको तथ्याङ्क आएको छ । मतदाता नामावलीमा नाम समाबेश भएका धरै बिदेशमा रहेको र राष्ट्रसेवक कर्मचारी, निजामति कर्मचारी तथा शिक्षकहरु समेत निर्बाचनको काममा प्रयोग भएकाले उनिहरु मतदान गर्नबाट छुटेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भौगोलीक बिकटता र मौसामको चुनौतीका बाबजुध समेत मतदाताले उत्साहपुर्पक ढंगले मतदानमा सहभागीता जनाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Previous Articleसिमकोटमा तारा एयर दुर्घटना ५ जना घाईते
Next Article १२ मंसिर २०७४ ढोरपाटन दैनिक